- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरतुलसीपुर उद्यमीहरूको शहर

तुलसीपुर उद्यमीहरूको शहर

- Advertisement -spot_img

तुलसीपुर, ८ पुस । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई उद्यमीहरूको शहर बनाउने प्रतिवद्धता जनाएका छन् । उद्यमशीलताको विकासविना आर्थिक समृद्धि हुन नसक्ने भन्दै नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा नै उद्यमशीलतालाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘उद्यमशिलता भयो भने मात्रै देशले आर्थिक समुन्नतिको उचाई भेट्न सक्छ’ नगरप्रमुख पाण्डेले भने ।
उनले उपमहानगरपालिकाले यो वर्ष उद्यमशीलताका लागि चारवटा काममा ध्यान दिएको समेत प्रष्ट पारे । उनले दूग्ध उत्पादनका लागि फराकिलो बजार बनाउन हाम्रो पहुँच सहकारीलाई ४६ लाख सहुलियतमा अनुदान दिनुका साथै गौशाला व्यवस्थापनका लागि २५ लाख अनुदान दिएको कुरामा जोड दिए ।
प्लाष्टिकका विभिन्न भाडा विस्थापनका लागि तुलसी दुना टपरी उद्योग र मनकामना कागज उद्योगलाई सहयोग गरेको समेत उनले जानकारी दिए ।
उद्यम गर्न चाहनेहरूका लागि उपमहानगरपालिका आर्थिक, प्राविधिक र बजारीकरणको सहयोग गर्न तयार रहेको समेत उनको भनाइ थियो । ‘पैसाको कमीले कसैको पनि उद्यमशीलता मर्न दिदैनौ’ नगरप्रमुख पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।
उपमहानगरपालिकाले विभिन्न शाखा, महाशाखामार्फत उद्यमशील बनाउनका लागि काम अगाडि बढाएको जानकारी दिदै नगरप्रमुख पाण्डेले तालिमका लागि मात्रै तालिमभन्दा पनि त्यसलाई व्यवहारमा लगाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले स्थानीय तहबाट विभिन्न उद्यमशील व्यक्तिहरूको छनोट गरेर १० प्रकारका उद्यमशील तालिमसमेत दिइने बताए ।
गरिबी निवारणको मूलआधार उद्यमशीलता भएको भन्दै उनले युवाहरूलाई उद्यमशील काममा लगाउनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले हरेक पालिकाले उद्यम विकासको नीति बनाएर कार्यान्वयन गर्नुपर्ने वताए ।
कार्यक्रम संयोजक लक्ष्मी चौधरीले कार्यक्रमको जानकारी गराउँदै उद्यमशीलतामार्फत बेरोजगारी हटाउनु कार्यक्रमको मूल उद्देश्य भएकोसमेत बताइन् । कार्यक्रम उद्यम विकास तथा सामाजिक मञ्चले आयोजना गरेको थियो । तुलसीपुर उपमहानगरभित्रमा यो वर्ष वडा नम्वर ६, ८, ९, १४, १६ र १७ मा कार्यक्रम लागू हुँदैछ ।

उद्यम विकास समित गठन

यसैबीच नगरप्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा सात सदस्यीय उद्यम विकास समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारू, उद्यमी मंगली चौधरी, कार्यपालिका सदस्य दिपक कुमाल र शान्ता पुन, मनोनित महिला सदस्यमा डिला परियार र उद्योग प्रशासन शाखा प्रमुख रेखा शर्मा सदस्य सचिव रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here