- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरजेष्ठ नागरिकलाई न्यानो कपडा

जेष्ठ नागरिकलाई न्यानो कपडा

- Advertisement -spot_img

घोराही, ८ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले जेष्ठ नागरिकहरूलाई सम्मान स्वरूप न्यानो कपडा र फलफुल वितरण गरेको छ । वडा कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी वडा भित्र रहेका ८२ जना जेष्ठ नागरिकहरूलाई न्यानोका लागि ब्लाङ्केट प्रदान गरेको हो ।
चालु आर्थिक बर्षको कार्यक्रम तथा एक लाख रूपैयाँको बजेटबाट उक्त न्यानो कपडासहित फलफुल प्रदान गरेको हो । वडा अध्यक्ष भिमबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरूलाल चौधरीले जेष्ठ नागरिकको सम्मानमा सरकार प्रतिवद्ध रहेको बताए ।
जेष्ठ नागरिकलाई सबैले सम्मान, माया र सद्भाव गर्नुपर्छ भन्ने सन्देश दिन पनि स्थानीय सरकारले जेष्ठ नागरिकलाई न्यानो कपडा, निःशुल्क स्वास्थ्य जाँच, मोतियाविन्दुको अप्र्रेसनजस्ता कार्यक्रम ल्याएको उल्लेख गरे ।
जेष्ठ नागरिकबाट अनुभव, ज्ञान, सिप नयाँ पुस्ताले ग्रहण गरेरै अघि बढ्नु पर्नेमा नगर प्रमुख चौधरीले जोड दिए । वडा सचिव केशवराज थापाको स्वागत मन्तव्यबाट सुरूभएको कार्यक्रममा वडा अध्यक्ष भीमबहादुर सार्कीले जेष्ठ नागरिकको सम्मानले मात्रै नयाँ पुस्ताले सही बाटो अपनाउने बताए ।
सम्मान पाएका जेष्ठ नागरिकहरूले स्थानीय सरकारले आफूहरूको हेरचाह गरेको भन्दै खुशी व्यक्त गरेका छन् । ९१ बर्षिय जेष्ठ नागरिक मुमाकान्त आचार्यले जनप्रतिनिधिहरू आएपछि घरमै उपचार, न्यानो कपडा वितरण र सडक विस्तारले आफूहरू निकै खुशी भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here