- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबररेडक्रसको साधारणसभा हुने

रेडक्रसको साधारणसभा हुने

- Advertisement -spot_img

घोराही, ८ पुस । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङले आफ्नो वार्षिक साधारणसभा पुस २६ गते गर्ने भएको छ । घोराही उपशाखाका अध्यक्ष थम्मन चौधरीको अध्यक्षतामा आइतबार बसेको बैठकले घोराहीमा उपशाखाको अधिवेशन गर्ने निर्णय गरेको हो । साधारणसभामा उपशाखा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ ।
२६ गते हुने साधारणसभामा उपस्थितिका लागि अध्यक्ष चौधरीले संस्थाका सबै आजीवन तथा साधारण सदस्यहरूलाई अनुरोध गरेका छन् ।
यसैगरी, उपशाखाले यही पुस ११ गते रेडक्रस सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ । घोराहीमा हुने अभिमुखीकरण कार्यक्रममा पदाधिकारी तथा उपशाखाद्वारा गठित विभिन्न उपसमितिका सदस्यहरूको सहभागिता रहने सचिव इन्द्र बहादुर बिसीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here