- Advertisement -spot_img
Friday, June 18, 2021
Homeखेलकुदप्रथम वडा अध्यक्ष कपको उपाधि कचिलीलाई

प्रथम वडा अध्यक्ष कपको उपाधि कचिलीलाई

- Advertisement -spot_img

तुलसीपुर, ८ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कचिलीले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को संयोजन तथा आयोजनामा पशुपति मावि हरिपौरा सञ्चालित प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा क्वाङ्गी बिलाई शुन्यकाबिरुद्ध २ गोल अन्तरले पराजित पार्दै कचिलीले उपाधि चुमेको हो ।
उपाधिसँगै कचिलीले नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा पराजित क्वाङ्गी भने उपबिजेतामा चित्त बुझाउँदै नगद १५ हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै कचिला बि तृतीय भयो । उसले नगद ५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो । उल्लेख्य दर्शकका बीच भएको शानदार अनि रोमाञ्चक खेलको पहिलो हाफ को १८आँै मिनेटमा कचिलीका प्रकाश बुढामगरले सुरुवाती गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए ।
त्यस्तै पहिलो हाफको ३४ मिनेटमा मनराज बाठाले थप एक गोल गर्न सफल भए । तीन दिनसम्म सञ्चालित प्रतियोगितामा वडाभित्रका आठ टिमको सहभागिता रहेको थियो भने खेल नकाउट आधारमा खेलाइएको आयोजक क्लवका जोएल गिरीले जानकारी दिए । प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री देवनारायण दाहाल, खुम वली र सुरेन्द्र चौधरी रहेका थिए ।
यसैबीच प्रतियोगिताको समापन समारोह सहआयोजक शान्ति टोल विकास संस्थाका कौशिक जिएमको अध्यक्षता तथा तुलसीपुर वडा नम्बर १२ का अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रवक्ता सूर्य बहादुर डाँगीको प्रमुख आतिथ्य एवं नेकपा का तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीको विशिष्ठ आतिथ्यमा भएको थियो ।
कार्यक्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने कचिलीका मनराज बाठा वेष्टप्लेयर खेलाडी, क्वाङ्गीका दिनेश चौधरी वेष्ट डिफेन्स, कचिलीका नारायण बाठा वेष्ट गोल किपर र राईजिङ प्लेयर कचिलाका प्रदेश चौधरीलाई घोषित गरिएको थियो । कार्यक्रमको सहजीकरण लक्ष्मण बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here