- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरसुनाखरी सिकाइ मेलाको जानकारी

सुनाखरी सिकाइ मेलाको जानकारी

- Advertisement -spot_img

तुलसीपुर, ८ पुस । विद्यार्थीहरूको दिगो सिकाइका लागि तुलसीपुरमा सिकाइ मेला सञ्चालन हुन लागेको छ । शिक्षण सिकाइलाई प्रभावकारी एवं शैक्षिक अभियान्ताबीच बलियो सञ्जाल निर्माण गर्नका लागि यही पुस ११ गते मावि बालापुरमा एकदिने सिकाइ मेला सञ्चालन गर्न लागिएको सिकाइ मेला मुलआयोजक समितिले जानकारी दिएको छ ।
सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आयोजक समितिले तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा टिच फर नेपालको सहकार्यक्रमा सुनाखरी तुलसीपुर सिकाइ मेला–२०७६ हुन लागेको बताएको हो ।
मुलआयोजक समितिका संयोजक एवं मावि बालापुरका प्रधानाध्यापक सुर्वणकुमार लामिछानेले दिगो विकासका लक्ष्य प्राप्त गर्न मद्दत पु¥याउन, सिक्ने र सिकाउने प्रयोगात्मक विधिलाई सवलीकरण गर्ने उद्देश्यले नौवटा सामुदायिक विद्यालहरूको संयुक्त आयोजनामा उक्त मेला सञ्चालन गर्न लागिएको बताए ।
तुलसीपुर क्षेत्रका विद्यार्थी, शिक्षक र शैक्षिक अभियन्ताबीच बलियो सञ्जाल निर्माण गर्ने अवसर प्राप्त हुने भन्दै उनले यस मेलाले शिक्षक र विद्यार्थीलाई सिक्ने सिकाउने अवसर खुल्ला रूपमा प्रदान गर्ने बताए ।
यस्तै उनले शिक्षक र विद्यार्थीको रचनात्मक र समालोनात्मक सोचाई क्षमताको विकासमा मद्दत गर्न र सिक्ने र सिकाउने प्रक्रियाका साथै जीवनमा आईपर्ने समस्या समाधान गर्न शिक्षक र विद्यार्थीमा नेतृत्व गर्न सक्ने सीपको विकास गर्ने जानकारी दिए ।
उक्त मेलामा विभिन्न५० वटा स्टल सञ्चालन हुने छन् भने आयोजक विद्यालयका २७ वटा स्टलहरू रहने बताइएको छ । अन्य सामुदायिक विद्यालयबाट १, संस्थागत विद्यालयबाट २, ब्यापारिक स्टल ११, खेल स्टल ६, कलेज स्टल ७ र रेडक्रसको एकवटा स्टल सञ्चालन हुने भएको छ ।
यसैबीच मेलाको उद्घाटन राष्ट्रिय गानका रचयीता ब्याकुल माईलाले गर्ने मुलआयोजक समितिले जानकारी दिएको छ । मुलआयोजक समितिका संयोजक सुर्वणकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्मा, शिक्षा महाशाखाका प्रमुख भाष्करराज गौतम, टिच फर नेपालका माधव देवकोटा,
आयोजक समितिका सूर्य बस्नेतले मेला सञ्चालनले बालबालिकाको पढाइमा शिक्षासँग सम्बन्धित सकारात्मक सन्देश प्रवाह गर्ने बताए । कार्यक्रमको सहजीकरण सुनाखरी तुलसीपुर सिकाइ मेला प्रचारप्रसार समितिका संयोजक निर्मल नेपालीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here