- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरस्वतन्त्र कक्षाकोठा विद्यालयमै रमाउँछन् बालबालिका

स्वतन्त्र कक्षाकोठा विद्यालयमै रमाउँछन् बालबालिका

- Advertisement -spot_img

दाङ, ७ पुस । कक्षाकोठा पूरै छापामय छ । भित्ता शैक्षिक सामग्री र शैक्षिक क्रियाकलापले भरिएका छन् । कति त्यहि लेखिएको छ कति टाँसिएको छ । कक्षा कोठाहरुमा बालबालिकाहरु स्वतन्त्ररुपमा आफूले चाहेको गरिरहेका छन ।
मैत्रीपूर्ण तरिकाले सिकिरहेका छन । कोहि किताबमा छन् । कोहि चित्र कोर्दै छन् । कोहि शिक्षकसँग नजानेको कुरा सोधिरहेका छन् । कतिले ती सबैलाई नियालेर आफूलाई सँगै लिइरहेका छन् ।
जो कोहिलाई पनि कक्षाकोठामा भित्र पस्दा छुट्टै आनन्द आउँछ । कक्षाकोठाको ढोका नजिकै जुत्ता, चप्पलहरु राखिएको छ । यो दृष्य दंगीशरण गाउँपालिका वडा नं ७ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालय बोकटीको हो । बालमैत्री विद्यालयको रुपमा रहेको यो विद्यालय पालिकाको नमुना विद्यालय पनि बनेको छ ।
कुनै बेलाको सुधार गर्नुपर्ने सूचीमा रहेको यो विद्यालय केही वर्षदेखि सुधारिदै गएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उपलब्धि, सिकाइ र अतिरिक्त क्रियाकलापसमेत लोभलाग्दो देखिन्छ ।
अर्काे रोचक प्रसंग यो विद्यालयमा अध्यापन गराउन शिक्षकहरु सबै महिलाहरु मात्रै छन् । सातजना महिला शिक्षकले विद्यालय सुधारको अठोट लिएका छन् । गाउँपालिकामै महिलाहरुले मात्रै सञ्चालन गरेको यो नमुना विद्यालय हो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले सामुदायिक विद्यालयहरु सुधारोन्मुख भएको बताए । ‘बोकटी नमुना विद्यालयको रुपमा रहेको छ’ उनले भने, ‘यहाँको सिकाइ उपलब्धि राम्रो छ, शिक्षिकाहरुको व्यवस्थापन पनि सफल देखियो ।’
दाङमा ४ वर्षदेखि सञ्चालन भएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी) ले विद्यालयलाई नमुना बनाउन साथ दिएको छ ।
विद्यालयमा भएको शैक्षिक सामग्रीको अपर्याप्ततालाई कार्यक्रमले हटाएर शैक्षिक सामग्री पर्याप्त गराएको छ । पठन सीप विकाससँगै कक्षाकोठा बालमैत्री बनाउन गरेको सहयोगले अहिले बालबालिकासमेत विद्यालय छोड्न समेत नमान्ने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक यमकुमारी बस्नेतले बताइन् ।
‘अहिले हामीले विद्यालय सुधारेका छौँ’ उनले भनिन्, ‘अभिभावक र विद्यार्थीको चाहनाअनुसार सिकाइ र विद्यालयले लिएपछि अभिभावकको समेत विश्वास विद्यालयप्रति बढेको छ ।’
‘बालबालिकका पनि कक्षामै रमाउने गरेका छन्’, उनले भनिन्, ‘अभिभावक लिन आउँदासमेत विद्यालय छोड्न मान्दैनन् ।’ विद्यालयमा कक्षा ३ मा अध्यनरत लक्ष्मी थापाले घरजस्तै विद्यालय भएको बताइन् ।
उनले कक्षाकोठामै बुक कर्नर भएको हुँदा चाहेको विषय पढ्न पाउँदा धेरै खुसी हुने गरेको बताइन् । विद्यालयमा भने केही पूर्वाधारको अभाव देखिएको छ ।
विद्यालयको पठन सीप सुधारको लागि कार्यक्रमले पठन सामग्रीहरु उपलब्ध गराएको र जिल्लाका १ सय ३४ विद्यालयलाई एसएमसी ग्राण्डअन्तर्गत कक्षाकोठा सुधारका लागि २ लाख रुपैयाँ अनुदान दिएको इजिआरपीका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले बताए ।
ज्ञानज्योति आधारभूत विद्यालय पनि अनुदान पाउने विद्यालयमा परेको बताए । विद्यालयमा आउँदा यो उपयोगी देखिएको चौधरीको भनाइ छ । विद्यालयका अभिभावकहरुले समेत छोराछोरीको पठन सीप र सिकाइ राम्रो हुँदै गएको बताएका छन् ।

विद्यालयको अनुगमन

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएका दंगीशरण गाउँपालिकाअन्तर्गतका केही विद्यालयको आइतबार शिक्षा सरोकारवालाहरुको टोलीले संयुक्त अनुगमन गरेको छ ।
एसएमसी ग्राण्ड अनुदान पाएको एक र अनुदान नपाएको एक विद्यालयको अनुगमन गरिएको हो । दंगीशरण गाउँपालिकामा रहेका १५ विद्यालयमा २ विद्यालयको अनुगमन गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईका, गाउँपालिका, इजिआरपीको टिमले संयुक्त अनुगमन गरेको हो । अनुगमनका क्रममा भेटिएका विद्यालयका कमिकमजोरीलाई सुधार गरेर लैजान सुझाव दिइएको थियो ।
अनुगमनको क्रममा भएको छलफल तथा अन्तरक्रियामा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामलाल खड्का, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, उपाध्यक्ष पिमा वली खड्का, प्रमुख प्रशासकीय अधिकृत चन्दकान्त पौडेल, शिक्षा शाखा प्रमुख विनोद अधिकारी,
शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत देवमणि चौधरी, इजीआरपीमा कार्यक्रम संयोजक हल्लुप्रसाद चौधरी, कार्यक्रम अधिकृत पुरुषोत्तम गिरी, स्वदेश महर्जन, इन्दिरा बस्नेतलगायतले धारणा राखेका थिए । आइतबार विरेन्द्र मावि हेकुली र ज्ञानज्योति आधारभूत विद्यालय बोकटीको अनुगमन गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here