- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरशिक्षालयले सम्झियो मृतक विद्यार्थी तथा शिक्षक

शिक्षालयले सम्झियो मृतक विद्यार्थी तथा शिक्षक

- Advertisement -spot_img

राम्री बस दुर्घटना
घोराही, ७ पुस । गत वर्ष पुस ६ गतेका दिन दाङ गाडी दुर्घटनामा परी ज्यान गुमाएका आफ्ना १९ जना विद्यार्थी र दुईजना प्रशिक्षकहरूको सम्झनामा शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले स्मृतिसभा गरेको छ ।
गत वर्ष पुस ६ गते बेलुका शिक्षालयका वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरू प्राक्टिकल कक्षाका लागि सल्यानको कपुरकोटमा रहेको बोटानिकल गार्डेनमा गएर अवलोकन गरी फर्कने क्रममा सल्यान र दाङको सीमानामा पर्ने राम्रीमा शिक्षालयका विद्यार्थी सवार गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी २३ जना शिक्षक, विद्यार्थीको ज्यान गएको थियो । गाडी दुर्घटनामा पर्दा शिक्षालयका १९ जना विद्यार्थी २ जना शिक्षक, सवारी चालक र सहचालक गरी जम्मा २३ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा शिक्षालयले आइतबार स्मृतिसभा गरेको हो ।
कार्यक्रममा शिक्षालय प्रमुख यादव सुवेदीले शिक्षालयले आफ्नो स्थापनाको वर्षमै अकल्पनीय हृदयविधारक शोक भोग्नुपरेको बताए । दुर्घटनाले शिक्षालय परिवारलाई निकै विक्षिप्त तुल्याएकोसमेत उल्लेख गरे ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले आंगीक शिक्षालयको रूपमा दाङको घोराहीमा भर्खरै मात्र सञ्चालन आएको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन विज्ञान विषय अध्ययनरत विद्याथीहरूलाई आफूहरूले व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले बोटानिकल गार्डेनमा लगेर
अध्ययन अवलोकन गराई उनीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्ने शिक्षालयको उद्देश्य भएपनि राम्रो गर्न खोज्दा परिवारका सदस्य गुमाउनुपरेको आचार्यले बताए । अकल्पनीय दुर्घटना हुन पुगेकाले शिक्षालयका लागि पुस ६ गते कालो दिन भएको भनाइ राखे ।
बोटनी विषयको अध्ययनको लागि सल्यानको कपुरकोट पुगेर फर्किदै गरेको बस दुर्घटना भएर शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएपछि शिक्षालय चल्ने कि नचल्ने भन्ने दुविधा भैरहेका बेला आफूले शोकलाई शक्तिमा बदल्दै शिक्षालयलाई निरन्तरता प्रदान गर्न अदम्य साहस गरेको र यसमा सिटिइभिटी केन्द्र, नेपाल सरकार, तथा विभिन्न संघ संस्थाहरूले समेत आवश्यक सहयोग तथा सल्लाह पाएको बताए ।
दुःखको घडीमा सहयोग तथा शुभेच्छा प्रदान गर्ने सबैलाई धन्यवाद दिदै शिक्षालय प्रमुख सुवेदीले दुर्घटनामा ज्यान गुमाउने विद्यार्थी तथा शिक्षकको एकाघरको सदस्यहरूलाई विशेष कोटामा अध्ययन गराउने बताए । साथै शिक्षालयको नवनिर्मित भवनमा नजिकै प्राङ्गणमा मृतकको प्रतिमासमेत राखिने प्रमुख सुवेदी जानकारी दिए ।
शिक्षालयले मृतात्माहरूको सम्झनामा शिक्षालयबाट मौन ¥याली गर्दै दाङ घोराहीको तेरौटेमा अवस्थित वृद्धाश्रममा विभिन्न खाद्यान्नसमेत वितरण गरेको छ ।
शिक्षालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरूले तेरौटेस्थित वृद्धाश्रममा गैर खाद्यान्न वितरण गरेको शिक्षालयका लेखापाल नारायण पौडेलले बताए । शिक्षालय प्राङ्गणमा आयोजना गरिएको शोकसभा कार्यक्रमको सहजीकरण शिक्षालयका कोर्डिनेटर केशरमान बुढाथोकीले गरेका थिए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले पाँच नम्बर प्रदेशकै नमुना शिक्षालय बनाउने योजना लिएको यस शिक्षालयमा हाल वन विज्ञान, बाली विज्ञान, होटेल म्यानेजमेन्ट, फुड एण्ड डेरी टेक्नोलोजी, आर्किटेक्ट इन्जिनियरिङ र फार्मेसी विषयमा अध्ययन अध्यापन भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here