- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरभ्रमण वर्ष सफल पार्न बृहत् छलफल

भ्रमण वर्ष सफल पार्न बृहत् छलफल

- Advertisement -spot_img

घोराही, ७ पुस । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा पालिकाहरू, सरकारी तथा गैर सरकारी संघ संस्थाहरूसँग बृहत् छलफल गरेको छ ।
भ्रमण वर्षलाई सफल पार्नको लागि छलफल गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एवं प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा छलफल भएको हो ।
छलफलमा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले पर्यटन भ्रमण वर्ष सफल बनाउन पालिकाहरूबीच समन्वय र सहकार्यको खाँचो रहेको बताएका थिए । राष्ट्रको अर्थतन्त्र सुदृढ बनाउन पर्यटन पनि महत्वपूर्ण माध्यम भएकाले सबैको सहकार्यमा यसलाई सफल बनाउन आवश्यक रहेको बताएका थिए ।
तुलसीपुर उपमहनगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले राष्ट्रको समृद्धिलाई पूरा गर्न पर्यटन पनि महत्वपूर्ण पाटो भएकाले पर्यटन भ्रमण वर्ष सबैको सरोकारको विषय बन्नुपर्ने बताए ।
छलफलमा संस्कृतिविद्. डा. शिवकुमार सुवेदीले दाङमा पर्यटन सम्पदाको पहिचान भैसकेको बताउँदै भ्रमण वर्ष सफल बनाउन पर्यटन सहयोगी संस्थाहरूसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
उनले होटल व्यवसायी, पर्यटन व्यवसायी र यातायात व्यवसायीको सहयोग समन्वय गरेर कार्यक्रम सफल पार्न सुझाव दिएका थिए ।
छलफलमा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेलले बाह्रकुने दह बराह क्षेत्र घोराहीबाट उद्घाटन गरिने जानकारी गराएका थिए ।
त्यहाँ उपस्थित अतिथिहरूलाई बिहान मौलाकोट, ज्यामिरे दह र नमछुुः बौद्ध गुम्बा अवलोकन भ्रमण गरिने योजना रहेको उनले बताए । बराह क्षेत्रको परिसरमा साँस्कृतिक झाँकीसहितको ¥यालीले स्वागत गर्ने योजना रहेको उनले बताए ।
पर्यटन वर्ष २०२० लाई भव्य तथा सभ्यरूपले मनाउनको लागि दाङको साँस्कृतिक विविधता झल्किने जातीय सामुुदायिक परम्परागत नाँचहरूको प्रस्तुती, प्रतियोगिता, मगर जातिको भुम्या नाच, सरङ्या नाच, घाँटुु नाच,
डगौरा थारू जातिको सख्या पैयाँ, मघौटा नाच, बर्का नाच, सराय नाच, नेवार तथा अन्य समुुदायको लाखे नाच घोराही, चौघेरा, धर्नामा प्रस्तुत गरिने उनले जानकारी गराए । त्यसैगरी देउखुरीका थारू जातिको झुुमरा नाच, बर्का नाच (रनियापुर), अवधि समुदायको फरसैहिया नाच, अन्य समुुदायको सोरठी–कृष्ण चरित्रहरू प्रस्तुत गरिने उनले वताए ।
पर्यटन प्रवद्र्धनका लागि जिल्लाका पर्यटकीय स्थल एवं सम्पदाहरूको खोजी वा पहिचान गर्ने, पर्यटकीय स्थल एवं सम्पदाहरूको पूर्वाधार विकास तथा संरक्षण सम्बन्धी कार्य गर्ने,
पर्यटकीय स्थल एवं सम्पदाहरूको विषयमा प्रचारप्रसार गर्ने, पर्यटकीय स्थल एवं सम्पदाहरूको प्रवद्र्धन गर्न प्रदर्शन, उत्सव, महोत्सव गर्ने, पर्यटनमैत्री वातावरण निर्माण गर्न सरोकारवालाबीच तालिम, गोष्ठी, अन्तरक्रिया, सरसफाई आदि कार्यक्रम सञ्चालन गने वार्षिक कार्यक्रम रहेको छलफलमा जानकारी गराएका थिए ।
छलफलमा शान्ति नगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापालगायतले पालिकामा रहेका सम्पदाहरूको संरक्षण र सम्वद्र्धनसँगै पालिकाहरूलाई जोडेर कार्यक्रम गर्नसके भ्रमण वर्ष सफल हुने बताएका थिए ।
प्रदेश पर्यटन समितिका सचिवालय सदस्य सुन्दर गौतम, डा गोविन्द आचार्य, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी दाङ चेम्वर्स कमर्शका अध्यक्ष श्रीधर महरा, खलुप्रसाद पुन,
पत्रकार महसंघ दाङका पूर्व अध्यक्ष केवि मसाल, रेशम केसीलगायतले आ–आफनो विचार व्यक्त गरेका थिए । छलफलको सहजीकरण ईन्द्र डिसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here