- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरआयरल्याण्डको ‘आलु भोकमरी’बाट सिक्नैपर्ने कुरा

आयरल्याण्डको ‘आलु भोकमरी’बाट सिक्नैपर्ने कुरा

- Advertisement -spot_img

इन्टरनेटमा भोकमरीको इतिहास पल्टाउने हो भने आयरल्याण्डको आलु भोकमरीले पहिलो स्थानमा देखापर्दछ । आधुनिकीकरणले कायापलट मारोस् या विज्ञानले लामो छलाङ, कहालीलाग्दा दैवीय विपद र भोकमरीजस्ता पीडादायिक घटनाहरू घट्छन नै । तर विगतका बिकराल स्थिति भने छिनभरमै बिर्सेको पाइन्छ ।
भोकमरी के हो ? कसरी लाग्छ ? भन्ने जटिल प्रश्नहरू त परै छन, कतिपय शिक्षित वर्गमा पर्ने मानिसहरूसमेत भोकमरी लाग्न सक्छ भन्ने कुरामा विश्वास समेत गर्दैनन् ।
पुँजीवादले े समाजमा पैसा वा रूपैयाँले सबै चिज किन्न मिल्छ र पैसा हुनेहरूसँग दैनिक खानपान आदि जस्ता क्रियाकलापको सम्पूर्ण अधिकार निहीत रहन्छ भन्ने संकूचित स्वभावका कारण हामी आफै भोकमरीको सिकार बन्न पुगिरहेका हुन्छाँै ।
मानव जीवन अस्तित्वको जरा भनेकै कृषि हो । हामीले गर्ने भोजनदेखि बस्त्रसम्म कृषिजन्य वस्तुहरूकै देन हो । यस अर्थमा कृषि मूलश्च जिवनम् अर्थात् कृषि नै मुख्य जीवन हो भन्ने भनाइले सार्थकता पाउँछ ।
तर विकासको फराकिलो राजमार्गमा तिव्र गतिमा दौड्न थालेको मानव समाज, जति जटिल समस्याहरूको सामाधान निकाले पनि एकपछि अर्को गर्दै अझै जटिल समस्या अगाडि आइदिन्छन् । त्यस्तै भएको पाइन्छ १८आँै दशकमा युरोपमा पनि ।
सन् १८४० को दशकमा युरोपको राजधानी मानिने आयरल्याण्डमा कृषि क्षेत्रमा एउटा विकराल समस्याले राज ग¥यो । आयरल्याण्डबासीको प्रमुख खाद्य स्रोतको रूपमा रहेको आलु बालीमा फाइटोफथोरा इन्फेस्टान्स नामक ढुसीबाट संक्रमण हुने डढुवा रोगले सोच्न नसकिने विकराल रूप लियो ।
१८४० को दशकमा सुरू भएको आलु भोकमरीले तथ्यांकमा भए अनुसार करिब एक लाख मानिसको ज्यान लियो । तत्कालिन समयमा नेपोलिक युद्धले पनि मानिसहरूको मृत्यु हुनेको संख्या बढाइदियो । जुन समयमा १८०१–१९२२ मा १९आँै शताब्दीकै सबैभन्दा धेरै मान्छेहरूको मृत्यु हुने शताब्दीको रूपमा नामाकरण गरियो ।
सामान्यतया, दैनिक रूपमा कम्तिमा दुई पटकसम्म खानको निम्ति आवश्यक खाद्य सामग्रीको उपलब्धता नहुनुलाई भोकमरी भनिन्छ । पेटभरी स्वस्थ खानाको पहुँच नहुनु पनि भोकमरी नै हो ।
आयरल्याण्डको आलु भोकमरी त एउटा उदाहरण मात्र हो । भोकमरीको संख्या र अवस्था त अनेकन छ । विशेषतः नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरू भोकमरीको चपेटामा पर्ने सम्भावना प्रवल रहन्छ ।
नेपालमा पनि भोकमरी लाग्न सक्छ भन्दा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । तर नलाग्ला भन्न पनि सकिदैन । बेला–बेलामा पेट्रोल, डिजेल या खाना पकाउने ग्याँसको बजारमा अभाव भएजस्तै खाद्य सामग्रीको पनि अभाव निम्तिन सक्छ ।
इन्धन नभए त हामी सकौँला तर खाना भएन भने ? विश्वको वर्तमान अवस्थालाई नियाल्ने हो भने करिव ७ अर्ब ९५ करोड मानिसहरू भोकमरीसँग लडिरहेका छन् । जसको ६० प्रतिशत महिला वा बालबालिकाहरू पर्ने गरेका छन् ।
यसैगरी कुल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरू कुपोषणको सिकारमा बाँचिरहेका छन् । त्यस्तै भने प्रत्येक बर्ष करिब ९० लाख मानिसहरू भोकमरी वा यससँग सम्बन्धित रोगको कारण मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा प्रत्येक छजना बालबालिकामध्ये एकजना भोकमरीमा पर्ने गरेका छन् । गृहयुद्ध, खेतीयोग्य जमिनको कमी, अस्थिर राजनीतिक अवस्थाका कारण आज पनि विभिन्न मुलुकहरू जस्तैः कंगो, ब्रुण्डी, सिरिया आदिमा भोकमरीको अवस्था उच्च रहेका कारण मानिसहरू भोको पेट नै सुत्ने गरेका, खानेकुरा कै लागि युद्धसमेत गर्ने गरेका, माटो या भुसको रोटी खाने गरेका खबरहरू पढ्न या सुन्न पाइन्छ ।

खाद्य सुरक्षा तथा सुरक्षित भविष्यको लागि विद्यमान भू–खण्डीकरणलाई नियन्त्रण गर्नु अति आवश्यक छ । अवैज्ञानिक शहरीकरण र जथाभावी प्लटिङको कारण साँघुरिदै गएको खेतीयोग्य जमिनलाई बचाई उर्वरभूमिमा सरकारीस्तरबाट नै शहरीकरणमा कडाइ गर्नु अपरिहार्य छ । तराई क्षेत्रका समथर भूभाग र भित्री मधेसका उपत्यकाहरूलाई बसोबास क्षेत्रको रूपमा नभई व्यवसायिक उत्पादन स्थलको रूपमा विकास गर्नसके भैपरी आउने भोकमरीसँग जुध्न बलियो पूर्वतयारी गर्न सकिन्छ ।


त्यस्तै भारत, नेपाल, बंगालादेशजस्ता विकासोन्मुख राष्ट्रहरूमा हरेक दिन करिब २० करोड मानिसहरू भोको पेट नै सुत्ने गरेको तथ्यांकहरू पनि छन् । सन्तुलित भोजनको कुरा त टाढै छ, खाली पेट भर्नको निम्ति खानेकुरा नहुँदा कतिको त मृत्युसमेत हुन्छ ।
त्यस्तै उपयुक्त सन्तुलित भोजनको कमिले गर्दा नेपालमा मात्र करिब प्रतिशत जनसंख्यामा पुड्कोपना २९ प्रतिशत, सुकेनास या ख्याउटे र कुपोषणको कारण २० प्रतिशत जनसंख्या शिकार भइरहेका छन् । जो भोकमरीकै एक रूप हो । गरिबीको कारण खानेकुराको पहँुच नहुने र बाध्यतात्मक रूपमा अस्वस्थ खाना खानुपर्ने या भोकै सुत्नुपर्ने समस्यामा पनि केही नेपालीहरू जुधिरहेका छन् ।
नेपालको वर्तमान स्थितिलाई विश्लेषण गर्ने हो भने अप्रत्यक्ष रूपमा अधिक नेपाली जनताहरू भोकमरीमै बाँचिरहेका छन् । प्रमुख खाद्यान्न बालीहरू धान, गहुँ, मकै, कोदोको लागि छिमेकी मुलुक या तेस्रो राष्ट्रमा निर्भर रहनुपर्ने अवस्था विद्यमान नै छ ।
कुल जनसंख्याको करिव ६५ प्रतिशत जनताहरू कृषि पेशामा संलग्न भएता पनि आफूलाई बर्षभरि उपभोग गर्न पुग्ने खाद्यान्न उत्पादन गर्ने संख्या भने निकै न्यून छ । जसको कारणले हरेक बर्ष खाद्य सामग्री आयातको लागि मात्र खर्बौ रूपैयाँ विदेशिने गरेको छ ।
नेपाली समाजको एउटा प्रचलन पनि छ, पूर्खाको जमिन सन्तानहरूलाई बाँड्नु पर्ने । पूर्खाको शेषपछि सन्तानको संख्या अनुसार जमिनको स्वामित्वलाई भागबण्डा गरिन्छ । जसको कारणले खेतीयोग्य जमिनहरू साना–साना टुक्राहरूमा परिणत हँुदैछन् ।
कठिन भूगोलमा विकास निर्माणका कार्यहरू सम्पन्न गर्न असहज हुने भएकाले वर्तमान अवस्थामा दक्षिणी भागमा रहेका तराईका फाँट र उपत्यकाहरूमा बसाईसराई र सहरीकरण हुने क्रम उच्च गतिमा बृद्धि भइरहेको छ । जसको कारणले गर्दा मलिलो खेतीयोग्य जमिन कंक्रिटको जंगलमा परिणत हुँदै गइरहेको छ ।
यसरी अव्यवस्थित शहरीकरणको लागि खेतीयोग्य जमिनको खण्डीकरण गरी बसोबासस्थलको रूपमा परिणत गर्दा निकट भविष्य मै सोही सहरमा भोकमरीले उथलपुथल नपार्ला भन्न सकिन्न ।
त्यस्तै खेतीयोग्य जमिनको व्यवसायले पनि अन्नको भण्डार मानिने तराई क्षेत्रको चिरहरण गर्दैछ । उर्वरभूमिमा खेती गरी मनग्गे आम्दानी गर्नुपर्ने ठाउँमा जमिनमाथि नै दलाली गरी पैसाको थुप्रो कुम्ल्याउने प्रवृत्तिले गर्दा नै किसानहरूमा गरिबी बढ्दै छ भने उत्पादन घट्दै । आयात र माग भने चुलिदै छ ।
बढ्दो जनसंख्या र खाद्यान्न माग पूर्तिको लागि उत्पादनस्थल नै नरहला भन्न सकिदैन । यदि यही गतिमा जनसंख्या बृद्धि र भूखण्डीकरण भइरहने हो भने नेपालमा भोकमरी लाग्ने दिन धेरै टाढा छैनन् ।
भौगोलिक दृष्टिकोणले नेपालजस्तो हिमाल र पहाडको क्षेत्रफल अधिक भएको देशमा आधुनिक प्रविधिको प्रयोग गरी कृषि व्यवसाय गर्न कठिन होला तर असम्भव भने पक्कै छैन ।
सुरक्षित भविष्यको लागि तराई क्षेत्रको खेतीयोग्य जमिनमा घर बनाई शहरमा भविष्य खोज्नुभन्दा गाउँ केन्द्रित विकास निर्माणका क्रियाकलापमा जोड दिई तराईमा खाद्यान्न उत्पादन गरी पहाडको घरमा आनन्दसँग बस्नु दीर्घकालिन हुन्छ की ?
खाद्य सुरक्षा तथा सुरक्षित भविष्यको लागि विद्यमान भू–खण्डीकरणलाई नियन्त्रण गर्नु अति आवश्यक छ । अवैज्ञानिक शहरीकरण र जथाभावी प्लटिङको कारण साँघुरिदै गएको खेतीयोग्य जमिनलाई बचाई उर्वरभूमिमा सरकारीस्तरबाट नै शहरीकरणमा कडाइ गर्नु अपरिहार्य छ ।
तराई क्षेत्रका समथर भूभाग र भित्री मधेसका उपत्यकाहरूलाई बसोबास क्षेत्रको रूपमा नभई व्यवसायिक उत्पादन स्थलको रूपमा विकास गर्नसके भैपरी आउने भोकमरीसँग जुध्न बलियो पूर्वतयारी गर्न सकिन्छ ।
जनताको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातजस्ता अपरिहार्य सुविधाहरू पहाड या हिमाली जिल्लाहरूमा पु¥याई तराइ क्षेत्रतर्फ बढ्दै गएको बसाईसराई नियन्त्रण गर्नसके मात्र नेपालमा दिगो कृषि विकास र राष्ट्रको समृद्धि सम्भव छ ।
भोकमरीको विकराल रूपसँग सिगौंरी खेल्नुभन्दा समयमै तयारीका साथ बस्नु उपयुक्त हुन्छ । भोजनालय होस् रेष्टुरा या भान्सा खाना खेर फाल्ने प्रवृति पनि नेपाली समाजको लागी नौलो हैन । आफूलाई ठूलो वा वरिष्ठको रूपमा चिनाउनसमेत कतिपयले खादै गरेको केही अंश प्लेटमा छोड्ने गर्दछन् ।
जसले गर्दा कुल खाद्यको मागमा फेरबदल हुन जान्छ । आफूले कति खाना सक्छु, स्वास्थ्यको लागि कुन–कुन खाना कति–कति मात्रामा खानु आवश्यक हुन्छ ? भन्ने कुराको ख्याल नगरी खाना तयार गर्दा खेर जाने समस्या रहन्छ ।
खेर जाने खानालाई मात्र बचत गर्ने हो भने भान्साको करिब २५ प्रतिशत खर्च कटौति गर्न सकिन्छ भने खेर जाने खानालाई अन्य ठाउँमा आपूर्ति गर्न सकिन्छ । आयात गरेर भान्सासम्म पुगेको खानेकुरा खेर फाल्नु आफैमा लाजमर्दो कुरा हैन र ?
त्यस्तै एक्कासी देखापर्ने शत्रुजीवको कारण सम्पूर्ण बाली नै नष्ट पार्ने स्थितिको नियन्त्रण गर्न सकेपनि भविष्यमा आइपर्ने भोकमरीको सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ ।
तत्कालिन समयमा आयरल्याण्डका किसानहरूले जसरी एउटा मात्र बालीको खेती गर्दा रोगको प्रकोप देखियो, त्यस्तो विकराल रूप आउन नदिन बाली चक्र अपनाउने, सन्तुलित मलखादको प्रयोग गर्ने, स्वस्थ बीउको प्रयोग गर्ने आदि गर्नु आवश्यक रहन्छ ।
निरन्तर रूपमा लामो समयसम्म एउटै परिवारका बालीहरूको खेती गर्दा रोगका कारक तत्वको लागी बैकल्पिक आश्रय उपलब्ध भइरहने हुन्छ । अतः बाली चक्र अपनाउँदा फरक–फरक परिवारमा पर्ने बालीको छनौट गरी बर्षमा कम्तिमा एकपटक कोसेबालीको खेती गर्नुपर्दछ ।
अतः आयरल्याण्डको आलु भोकमरी होस् या अन्य कुनै भोकमरीको इतिहास होस्, निकट भविष्यमा देखापर्न सक्ने खाद्य संकटदेखि बच्न खाद्य सामाग्रीको समूचित प्रयोग, खेतीयोग्य जमिनको खण्डीकरणमा न्यूनीकरणको बारेमा समयमै सोच्नु आवश्यक छ ।
(दाहाल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रि.वि.स्नातक कृषि विज्ञानमा अध्ययनरत छन् ।)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here