- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशैक्षिक सामग्री वितरण

शैक्षिक सामग्री वितरण

- Advertisement -spot_img

तुलसीपुर, ७ पुस । तुलसीपुरको एक विद्यालयमा निःशुल्क शैक्षिक सामग्री बितरण गरिएको छ । आइतवार तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मा रहेको श्री प्राथमिक विद्यालय मोतीपुरमा निःशुल्क शैक्षिक तथा जिन्सी सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीले विद्यालयको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने बताए । हरेक बालबालिकाहरूको अधिकारलाई सुनिश्चित गर्नका लागि हरेक अभिभावकहरूसमेत सकारात्मक भएर लाग्न आवश्यक रहेको औंल्याए ।
पछिल्लो समयमा निजी विद्यालयहरू सञ्चालन हुँदै गर्दा सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरू कम हुँदै जान थालेको बताउँदै उनले यसका लागि सबै सरोकारवालाहरू जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा शैक्षिक एवं जिन्सी सामग्री बितरण गर्दै समाजसेवी टोपबहादुर महताराले आफू निरन्तर बालबालिकाहरूको सेवामा लागिरहने बताए । हरेक बालबालिकाहरूले अनिवार्य रूपमा पढ्न पाउनु पर्ने बताउँदै उनले स्थानीय सरकारले हेर्ने र बुझ्न नसकेकाहरूलाई समेत सक्दो सहयोग गर्दै आएको जानकारी दिए ।
विभिन्न समस्याले पढ्न नपाएका बालबालिका, कैदी परिवारका सन्तान, असहाय र अपाङ्ग विद्यार्थीहरूलाई हेर्दै आएको बताउँदै उनले उक्त विद्यालयमा शिक्षण गर्दै आएकी शिक्षिकालाई मासिक दुई हजारको दरले रकम उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अन्य सहभागीहरूले विगतको तुलनामा विद्यार्थीहरूको संख्या घटेर न्यून बन्दै गएको बताउँदै सबै मिलेर पुनः विद्यालय सञ्चालनमा सबैले ध्यान दिन आवश्यक रहेको बताए ।
विगतमा दक्ष जनशक्ति उत्पादन गर्ने सबैको लोकप्रिय शैक्षिक संस्था अहिले बाल विकास केन्द्रको रूपमा सञ्चालन भइरहेको बताउँदै उनीहरूले स्थानीय सरकार यस विषयमा संवेदनशील हुन जरूरी रहेको आंैल्याए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारूको अध्यक्षतामा भएको उक्त कार्यमा विद्यालयका ३० भन्दा बढी विद्ययार्थीहरूलाई कापी, कलम, खेलकुद सामग्री, स्विटरलगायत विभिन्न सामग्रीहरू वितरण गरिएको हो । विद्यालयकी प्रधानाध्यापक विश्वमाया पराजुलीको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका पार्वती बुढाथोकीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here