- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरमाछा बेच्दै पूर्व लडाकु

माछा बेच्दै पूर्व लडाकु

- Advertisement -spot_img

शान्तिनगर, ७ पुस । एउटा साईकल, साईकलको पछाडी ड्रम, त्यही भित्रमा माछा राखेर प्रत्येक दिन घर–घर माछा बेच्न जान्छन् बबई–६ चौपारीका ३२ बर्षिय पूर्व जनमुक्ति सेना श्रीराम चौधरी ।
‘ए हजुर माछा राख्नुस्, ए हजुर माछा राख्नुस्’ भन्दै प्रत्येक दिन माछामा व्यापारमा तल्लिन हुने गर्दछन् चौधरी । देशमा आमूल परिवर्तन गर्ने भन्दै तत्कालिन माओवादीको जनमुक्ति सेनामा गएका चौधरीले देशमा शान्ति स्थापनापछि स्वच्छिक अवकाश रोजेका थिए ।
जनमुक्ति सेनामै विहे गरेका चौधरी १ छोरा र १ छोरी छन् । यही माछा बेचेर आफ्नो घर व्यवहार चलाएका छन् । घर छिमेकीका आफन्ती र साथीभाइहरू ठूला–ठूला सपना देख्दै विदेश पलायन भएता पनि चौधरी विदेश जाने सोच कहिलै भएन ।
युवाहरूमा विदेशको मोह बढ्दो क्रममा भए पनि आफ्नै गाउँ ठाउँ केही गरी बस्नुपर्छ भन्ने धारणा छ चौधरीको । आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्दै माछा व्यापारमा लागेको ५ बर्ष भइसक्यो ।
माछा व्यापारबाट आफू सन्तोष नै रहेको चौधरीले बताए । विहानै उठेर तुलसीपुरको गौरीगाउँको तालबाट माछा किनेर विभिन्न गाउँ–गाउँमा माछा बेच्दै साँझ घर फर्कने गरेको उनले बताए ।
दिनमा २० किलो जति माछा बिक्री हुने गरेको चौधरीले बताए । मान्छेलाई जति भएपनि पुग्दैन, दिनमा ७/८ सय कमाई हुन्छ चौधरीले भने ‘घर परिवार छोराछोरीसँग बस्न पाइएको छ ।’
यही माछा व्यापारबाट अहिलेसम्म जीविकोर्जन गर्दै आएको चौधरी बताउँछन् । घर–घरमा माछा बेच्न जाने चौधरीले काम गरी खान कहिल्यै लाज मान्नुहुन्न भन्छन् । लाज नमानी सानोतिनो भएपनि काम गरे आफ्नै देशमा बाच्न सकिने गतिलो उदाहरण बनेका छन् श्रीराम ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here