- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबाल एकेडेमीका विद्यार्थीले गरे मैदान सरसफाई

बाल एकेडेमीका विद्यार्थीले गरे मैदान सरसफाई

- Advertisement -spot_img

तुलसीपुर, ७ पुस । राप्ती बाल एकेडेमीका विद्यार्थीहरूले अरनिको मैदान सरसफाई गरेका छन् । एन प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिताका कारण मैदान फोहर भएको भन्दै उनीहरूले स्वतस्फूर्त रूपमा आइतबार मैदान सरसफाई गरेका हुन ।
शनिबार भएको समापन कार्यक्रममा आयोजकले सरसफाई गर्न गरेको आग्रहलाई ग्रहण गर्दै विद्यार्थीहरू स्वतस्फूर्तरूपमा सरसफाई गरेको विद्यालयका छात्रा कृति डाँगीले बताईन् ।
सरसफाईका लागि विद्यार्थीहरू स्वतस्फूर्तरूपमा तयार भएपछि विद्यालयले सहजीकरण मात्रै गरेको विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद डाँगीले जानकारी दिए ।
सरसफाईका लागि एकेडेमीका एकसय बढी विद्यार्थीहरू मैदानमा पुगेका थिए । सरसफाईका लागि प्रयोग हुने ग्लोव्स लगायतका सामाग्रीहरू एन प्याब्सन दाङले व्यवस्था गरेको थियो ।
सरसफाईका क्रममा संकलन भएको फोहरजन्य पदार्थलाई तुलसिपुर उममहानगरपालिकाको सहयोगमा ल्याण्डफिल साईटमा पठाइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here