- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeखेलकुदजिल्लास्तरीय खुला फुटसल प्रतियोगिता हुने

जिल्लास्तरीय खुला फुटसल प्रतियोगिता हुने

- Advertisement -spot_img

तुलसीपुर, ७ पुस । दाङको तुलसीपुरमा दाङ जिल्लास्तरीय प्रथम खुला फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । मुनाल क्लव तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को आयोजनामा सञ्चालन गरिन लागेको प्रतियोगिता माघ ३ गतेदेखि तुलसीपुर ६ स्थित ब्यवसायिक तवरले निर्माण गरेको द लेगेण्ड फुटसल ग्राउन्डमा सुरू हुुनेछ ।
स्थानीयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २५ बढी टिमको सहभागिता रहने प्रतियोगिताका सयोजक सुरज डाँगीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद २५ हजार मेडल, प्रमाणपत्र प्राप्त गर्ने संयोजक डाँगीले बताए ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधातर्फ वेष्ट स्टाईगर, वेष्ट डिफेन्स, वेस्ट किपर तथा प्रत्येक म्याचमा म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिनेछ ।
माघ ४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू नकाउटका आधारमा खेलाईने प्रतियोगिताका सहसंयोजक विमल खड्काले जानकारी दिए । यसैबीच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजकले टिम दर्ता गरी प्रतियोगितामा सहभागिताका लागि ईच्छुक सबैमा आग्रह गरेको छ ।

प्रथम वडा अध्यक्ष कप जारी

यसैबीच तुलसीपुर उपमाहानगरपालिका वडा नम्बर १२ मा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ मा सोमबार सेमिफाइनल तथा फाईनल खेल हुने भएका छन् ।
शान्ति युवा क्लव तुलसीपुर–१२ को आयोजनामा पशुपति मावि हरिपौरा सञ्चालित प्रतियोगिताको शनिवार भएको खेलमा कचिला बि, क्वाङ्गी बि, कचिली र टरिगाउँ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कचिला बिले कपडादेवीलाई शून्यका विरूद्ध १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा कचिला बिका जर्सी नम्बर १७ का खेलाडी प्रदेश चौधरीले गरेको गोल नै निर्णायक गोल सावित भयो ।
त्यस्तै क्वाङी बिले टरिगैँलाई शून्यका विरूद्ध ३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय ग¥यो । त्यस्तै टरिगाउँले क्वाङ्गी एलाई शून्यका बिरूद्ध ३ गोल अन्तरले हराउादै सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै कचिला एलाई ट्राईबेकरमा ४ का बिरूद्ध ५ गोल अन्तरले पराजित गर्दै कचिलीले सेमिफाइनल यात्रा गरेको हो । प्रतियोगिताअन्तर्गत सोमबार बिहान ८ बजे हुने पहिलो सेमिफाइनल खेलमा कचिला बि र क्वाङ्गी बि भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा कचिली र टरिगाउँ भिड्ने आयोजक क्लवका जोएल गिरीले जानकारी दिए ।
प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री डिएन दाहाल, खुम वली र सुरेन्द्र चौधरी रहेका छन् । प्रतियोगिताको उद्घाटन शनिबार तुलसीपुर वडा नं. १२ का अध्यक्ष सूर्यबहादुर डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here