- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeखेलकुदखेलकुद सर्वपक्षीय विकासको आधार

खेलकुद सर्वपक्षीय विकासको आधार

- Advertisement -spot_img

शान्तिनगर, ७ पुस । खेलकुद क्षेत्रको विकास भएमात्र अन्य क्षेत्रको विकास हुनसक्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । खेलकुद सबै र सधैका लागि अपरिहार्य भएको बताउँदै उनीहरूले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।
आइतबार शान्तिनगर गाउँपालिका वडा नं. ७ दुबिचौरमा सम्पन्न अन्तर गाउँपालिकास्तरीय मैत्रीपूर्ण खेलकुद प्रतियोगिता तथा महाभेलाका अवसरमा उनीहरूले यस्तो बताएका हुन् ।
‘उज्ज्वल भविष्यको आधार, बालविवाह अन्त्य सबैको सरोकार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सञ्चालन भएको खेलकुद प्रतियोगिताका अवसरमा बोल्दै सहभागीहरूले समृद्ध राष्ट्रको पहिलो आधार खेलकुद भएको बताए ।
कार्यक्रमका अवसरमा बोल्ने सहभागीहरूले पश्चिम दाङको विकास खेलबाटै हुने भएको भन्दै उनीहरूले आगामी दिनमा पालिकास्तरीय, वडास्तरीय खेलकुद कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले खेलकुद क्षेत्रको विकासका लागि आफू सधै तत्पर रहेको बताए ।
पछिल्लो समय खेल क्षेत्रको माध्यमबाट देशले गौरव प्राप्त गरेको भन्दै उनले आफ्नो ठाउँलाई विकास गर्नका लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आगामी आर्थिक वर्षमा खेलकुदका लागि बजेट विनियोजन गर्ने समेत बताए ।
कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी, सिड संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले नयाँ खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि भएपनि यस्ता अवसरहरू निरन्तर सञ्चालन गरिनुपर्ने बताए ।
बालाबालिकाहरूको भविष्य खेलकुद क्षेत्रबाट पनि सम्भव रहेको बताउँदै उनीहरूले खेल सबै र सधैका लागि आवश्यक रहेको बताएका हुन् ।
शान्तिनगर गाउँपालिकका १, २, ३, ४, ५, ६ र ७ त्यसैगरी दंगीशरण गाउँपालिकाका वडा नं. १ र २ मा पुस ४ गतेदेखि तीनदिने फुटबल, कवडी, दौड, हाजिरीजवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, वक्तृृत्वकला, चित्रकला प्रतियोगिता सञ्चालन भएको हो ।
सिड संस्थाका अध्यक्ष राममती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम संयोजक माधवराज चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here