- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरभरतपुर खानेपानीको अध्यक्षमा गौतम

भरतपुर खानेपानीको अध्यक्षमा गौतम

- Advertisement -spot_img

घोराही, ७ पुस । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा शंकर गौतम चयन भएका छन् । संस्थाको उपाध्यक्षमा जंगबहादुर जिसी, सचिवमा एकेन्द्रबहादुर राना, सहसचिवमा मिनराज लम्साल र कोषाध्यक्षमा डोमाकान्त अधिकारी चयन भएका छन् ।
सदस्यहरूमा गोदावरी श्रेष्ठ, शिवा श्रेष्ठ, गीता पोख्रेल, सुनिता आचार्य, मुना पोख्रेल र पशुपतिलाल श्रेष्ठ चयन भएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिए । संस्थाको शनिबार भरतपुरमा १८औँ साधारणसभा र साताँै अधिवेशनको उद्घाटन गरिएको थियो ।
एक हजार ९८ उपभोक्ता रहेको संस्थाले २ लाख २५ हजार लिटर अट्ने क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण गर्दै आएको छ । जनघनत्व बढ्दै गएको र पानीको समेत माग बढेपछि संस्थाले नयाँ ट्याङ्की निर्माणका करिब १८ करोडको योजना कार्यान्वयनमा ल्याउन लागेको अध्यक्ष गौतमले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here