- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरनारायणपुर उवासंघको १६ औं साधारणसभा

नारायणपुर उवासंघको १६ औं साधारणसभा

- Advertisement -spot_img

घोराही, ७ पुस । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठ ‘भारी’ले राज्यले उद्योगी व्यवसायीहरूलाई सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताएका छन् ।
जसले गर्दा व्यवसायीलाई लगानी गर्नसक्ने वातावरण बनाउन नसकेको उनले बताए । नारायणपुर उद्योग वाणिज्य संघको १६औँ साधारणसभाका प्रमुख अतिथि श्रेष्ठले राज्यले सुरक्षाको प्रत्याभूति र निजी लगानी गर्नसक्ने वातावरण मिलाउन सकेमा व्यवसायीहरू लगानी गर्न तयार रहेको बताएका थिए ।
श्रेष्ठले नारायणपुर क्षेत्रको समग्र विकासका लागि विगत १६ वर्षयता उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेकोमा समेत प्रशंसा गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले नारायणपुर क्षेत्रको शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रको विकासमा उद्योग वाणिज्य संघले नेतृत्व गर्न जरूरी रहेको बताए । दाङ उपत्यकाको केन्द्रमा रहेको नारायणपुर क्षेत्र विकास र समृद्धिमार्फत उदाउनुपर्ने बताए ।
नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालको अध्यक्षतामा भएको साधारणसभामा नारायणपुर क्षेत्रको विकासका लागि नारायणपुर क्षेत्रमा सरकारी अस्पताल, मलामी गृह, शवदाह गृह लगायत होलेरी–नारायणपुर हुँदै देउखुरीको रिहार जोड्ने सडकको ट्रयाक खुल्ने क्रममा रहेको जानकारी गराइएको थियो ।
संघमा कुल ८०५ जना सदस्य रहेका छन् । यस्तै संघले हालै मात्र प्रदेश नम्बर ५ बाट संघको सदस्यता पाएको जानकारी गराइएको थियो ।
सभामा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्की, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चन्द्रराज रावत, नारायणपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल लम्साल, घोराही उपमहानगरपालिका वडा नं. ११ की महिला सदस्य मधुमती गौतम, सिद्धरत्ननाथ नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम खनाल,
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, सामुदायिक वन महासंघकी सचिव जानका केसी, नारायणपुर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे, ग्रेट बुद्ध एकेडेमीका प्रिन्सिपल निर्मल न्यौपाने, किराना व्यवसायी समितिका अध्यक्ष शरद पोख्रेल, प्याव्सनकी केन्द्रीय सदस्य सरिता देवकोटा,
महेश्वरी साना किसान सहकारी संस्थाकी अध्यक्ष हिरादेवी पुन, दुरसञ्चार टोल विकास संस्थाका अध्यक्ष मानबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका उपाध्यक्ष अभियान बस्नेतको स्वागत मन्तव्यबाट शुरूभएको कार्यक्रममा समाजसेवी भरतमणि खनाल र शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै चिन्ताबहादुर बुढाथोकीलाई विशेष सम्मान गरिएको थियो ।
यस्तै, नारायणपुर क्षेत्रमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयबाट गतवर्ष एसईई परीक्षामा उत्कृष्ट भएका छात्र र छात्रालाई नगदसहित विशेष सम्मान गरिएको थियो ।
जसमा सामुदायिक विद्यालयबाट हापुर मावि निघुवारकी सरीता शर्मा, श्री सिद्धरत्ननाथ माविका मनोज चौधरी तथा संस्थागत विद्यालयबाट पशुपति विद्याश्रमकी आरजु घर्ती मगर, अनिता कुमारी चौधरी, अपराजिता सुवेदी र श्रवण डाँगी रहेका रहेका छन् ।
सभामा संघका सदस्य सविन सुनचाँदी पसलका प्रोप्राईटर सुरेश रसाइलीको पसलमा आगलानीका कारण भएको क्षतिप्रति सहानुभूति जनाउँदै राहत स्वरूप नगद १० हजार प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिव दीपक सुवेदीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here