- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयक्याम्पस सुधारमा एकता

क्याम्पस सुधारमा एकता

- Advertisement -spot_img

दाङको सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पस तुलसीपुरले सरोकारवालाबीच शैक्षिक एकतासँगै विकास र सहकार्यको खोजी सुरू गरेको छ । क्याम्पसको गुणस्तरीयतलाई स्थायित्व दिने प्रयास गरेको क्याम्पसले अहिले एकता र सहकार्यको खोजी थालेको हो ।
सरोकारवालासँग छलफल र अन्तरक्रिया सुरू गरेर गुणस्तर मात्रै नभएर क्याम्पसको संस्थागत विकासमा टेवा पु¥याउने गरी गरिएको प्रयास सह्रानीय नै छ । स्वामित्वसँगै गुणस्तरमा स्थायित्व दिनसके क्याम्पसको आधार स्तम्भ तयार हुने तर्कका साथ अहिले क्याम्पसले थालेको यो प्रयास सह्रानीय छ ।
अहिलेसम्मको उपलब्धि र गुणस्तर ब्याख्या गर्न लायक भए पनि त्यसको स्थायित्व भने हुन सकेको छैन । गुणस्तर र उपलब्धिलाई स्थायित्व दिनु र क्याम्पसलाई सबैको एकतामा जोडेर राम्रो बनाउन सबै भन्दा उत्तम विकल्प हो ।
राप्ती बबईले थालेको अभियानलाई यहाँका सरोकारवालाहरूले पनि सकारात्मक भएको टिप्पणी गर्नुले एकताको अभियान सफल हुने देखिएको छ । सरोकारवालाका साथमा रहेर क्याम्पस प्रशासन र सञ्चालक समिति सफल बन्न सक्नुपर्छ । अभ्यास, प्रयास, मेहनत लगायतको पक्षले सार्थकता पाउनुपर्छ ।
दाङको पश्चिम क्षेत्रको शैक्षिक थलोको रूपमा क्याम्पस स्थापना भएको झण्डै तीन दशक पूरा भएको छ । तीन दशक पूरा हँुदा पनि क्याम्पसले आफ्यो स्वामित्वको जग्गा प्राप्तीमा समस्या छ । अहिलेसम्म भोगचलन मात्रै भएको छ ।
क्याम्पसले शैक्षिक गुणस्तर बढाउदै गए पनि सम्पत्ति प्राप्त नहुँदा केही जटिलता र समस्या टड्कारो अवस्थामा छन् । तर त्यो प्राप्तीका लागि कठिन छ । सबैको सहयोग अपरिहार्य हुन्छ ।
स्थानीय सरकार र शिक्षा सरोकारवालाहरूको पहल भएमा धेरै टाढा पनि छैन । समयमा प्रयास सफल हुने देखिन्छ । सहजतामा लैजाना र बदल्न अहिलेको क्याम्पस नेतृत्व सफल सावित हुन सक्नुपर्छ । कुराले भन्दा पनि नीतिगत रूपमा जान सक्नुपर्छ । गुणस्तरियता सुनिश्चित भयो भने त्यसले विद्यार्थी, अभिभावक र आमनागरिकको विश्वास पनि बढ्छ ।
सुधार नीति र ब्यवहार दुबैमा हुनुपर्छ । त्यो सुधारका लागि सहकार्य र सहयोग पनि अपरिहार्य नै छ । सुधारका लागि नीति भएर मात्रै पनि हुँदैन र नीतिविनाको कार्यले पनि पूरा गर्न दिदैन ।
२०४७ सालमा स्थापना भएको क्याम्पसको गति क्रमिक रूपले बढेकै छ । त्यो उचाईलाई थप गर्न सरोकारवालाको एकता र विश्वास अनिवार्य जस्तै छ ।
त्यसमा पनि स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारका साथै विश्वविद्यालयको आँखा क्याम्पससम्ममा पुग्न सक्नुपर्छ । क्याम्पसमा देखिएका केही समस्याहरूलाई यो चरण सँगसँगै समाधान गर्नेतर्फ पनि लाग्न जरूरी छ । सरोकारवालाका सुझावलाई पनि कार्यान्वयनमा लैजानुपर्छ । अनि मात्रै सुधारको चरण सुरू हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here