- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर‘स्तरोन्नतिमा सबै लागौं’

‘स्तरोन्नतिमा सबै लागौं’

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस । दाङको पुरानो सामुदायीक क्याम्पस राप्ती बबई क्याम्पसको विकासका लागि सबैको एकता आवश्यक भएको शिक्षा सरोकारवालाहरूले बताएका छन् । क्याम्पसको स्तरोन्नतीका लागि सामूहिक एकताको आवश्यकता रहेको उनीहरूको भनाई थियो ।
क्याम्पसलाई प्रदेशस्तरीय विश्वविद्यालयको रूपमा स्थापित गराउनु पर्ने भन्दै उनीहरूले यसका लागि आवश्यक श्रोत साधनहरू राजनैतिक आधारमा नभई आपसी संवादको माध्यमबाट उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
शनिबार राप्ती बबई क्याम्पसको भौतिक पूर्वाधार विस्तार आवश्यकता र अवसरका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरू शिक्षा सरोकारवालाहरूले यस्तो बताएका हुन् । उनीहरूले राजनैतिक आस्था त्यागेर क्याम्पसको शैक्षिक तथा भौतिक उपलब्धिहरू हासिल गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसको स्तरोन्नतीका लागि राजनैतिक दलहरू समेत एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सबैको साझा संस्थाकोे रूपमा रहेको क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पर्ने जमिनको उपलव्धता र आवश्यक अन्य श्रोतका लागि हरेक संघसंस्था, राजनैतिक दल, सञ्चारकर्मी, शैक्षिक संस्थाहरू तथा सरोकारवालाहरू सबै जिम्मेवार बन्नुपर्ने बताएका थिए ।
दाङसहित विभिन्न जिल्लाका विद्यार्थीहरू आएर शिक्षा आर्जन गर्ने शैक्षिक संस्थाको विकास गरी सयौँ पुस्ताले पढ्न सक्ने वातावरण निर्माण गर्नु आजको प्रमुख जिम्मेवारी भएको बताए ।
जिल्लाको गौरवको रूपमा रहेको क्याम्पसका लागि नगर क्षेत्रभित्र रहेका खाली जमिनहरूको प्रयोग गरी आवश्यक पर्ने श्रोत र साधनहरू निर्माण गर्नुपर्नेमा जोड दिए ।

सबैको साझा संस्थाकोे रूपमा रहेको क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पर्ने जमिनको उपलव्धता र आवश्यक अन्य श्रोतका लागि हरेक संघसंस्था, राजनैतिक दल, सञ्चारकर्मी, शैक्षिक संस्थाहरू तथा सरोकारवालाहरू सबै जिम्मेवार बन्नुपर्ने बताएका थिए ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले सम्पत्तिको संरक्षण र स्तरोन्नतीका लागि सबैको साथ सहयोग र सकारात्मक सोचको आवश्यकता रहेको बताए ।
क्याम्पसको शैक्षिक र भौतिक विकासका लागि उपमहानगरपालिका सधै तत्पर रहेको भन्दै क्याम्पसले राजनीतिको झल्को देखाउन नहुने बताए । ‘क्याम्पस हामी सबैको साझा सम्पत्ति हो’ उनले भने– ‘यसको संरक्षण, प्रवद्र्धन र विकास कसरी गर्नुपर्छ त्यो हामी सबैले सोचेर अगाडी बढ्न जरूरी छ ।’
क्याम्पसको शैक्षिक विकासका लागि नगर क्षेत्रभित्र रहेका खाली जग्गाहरूलाई प्रयोग गर्न सकिने बताउँदै उनले आवश्यक पर्ने बजेट उपलव्ध गराउनमा आफू सधै सकारात्मक भएको बताए । यसका लागि आवश्यक नीति तथा कार्ययोजना निर्माण गर्न आफू सकारात्मक भएर लाग्ने उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती कीर्तिबहादुर खड्का, नेकपाका पदम केसी, नेपाली काँग्रेसका क्षेत्रीय सभापती जगत बहादुर खड्का, नेपाली काँग्रेसका पूर्व सभापती घनश्याम रेग्मी, राप्रपा संयुक्त सभापती टोप बहादुर शाह, क्याम्पस प्रमुख युवराज रावत,
सहायक क्याम्पस प्रमुख भूप बहादुर बुढाथोकीलगायतले क्याम्पसको विकास र प्रवद्र्धनको लागि नयाँ सोच, एकता, मेलमिलापको आवश्यकता रहेको बताए ।
विगतका कारण अहिले क्याम्पसको पठनपाठनदेखि हरेक पक्षमा समस्या आईरहेको भन्दै उनीहरूले विकासमा एकरूपमा ल्याउनु आजको आवश्यकता रहेको बताएका छन् ।
एकअर्काको टिकाटिप्पणी नगरी आपसी संवादको माध्यमबाट काम सुरू गरे प्रदेश नं ५ को प्रदेशस्तरीय विश्वविद्यालयको रूपमा यस क्याम्पसलाई स्थापना गर्न सकिने उनीहरूको धारणा थियो । कार्यक्रममा विषयवस्तुको जानकारी विद्यार्थी नेता अनिल कार्कीले गराएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here