- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeखेलकुदसकियो एन प्याब्सनको खेलकुद

सकियो एन प्याब्सनको खेलकुद

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस । नेसनल प्याब्सन दाङले पुस ३ गतेदेखि सुरू गरेको बृहत् जिल्लास्तरीय खेलकुद प्रतियोगिता सकिएको छ । प्रतियोगितामा मिडवेष्ट एकाडेमी रगैजा १२ स्वर्णसहित पहिलो भएको छ ।
भने विद्याकुञ्ज विद्यालय सौडियार तीन स्वर्णसहित दोस्रो र लोकप्रिय विद्यामन्दिर शान्तिनगर–२ स्वर्णसहित तेस्रो भएको छ ।
प्रतियोगितामा २० विधामा प्रतियोगिता गरिएको थियो । प्रत्येक वर्ष हुँदै आएको यो प्रतियोगिता यस वर्ष भब्यरूपमा सम्पन्न भएको वरिष्ठ उपाध्यक्ष विमल गौतमले जानकारी दिए ।
जिल्ला अध्यक्ष भीम बहादुर बुढाथोकीको अध्यक्षतामा तथा प्रदेश नं ५ लेखासमिति सभापति डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै चौधरीले खेलकुद र खेलाडीको विकासका लागि नेसनल प्याब्सनले गरेको यो कार्य सह्रानीय भएको बताए । उनले निजी विद्यालयहरूले खेलकुदमा देखाएको उत्साह र योगदान अतुलनीय भएको समेत बताए ।
चौधरीले सबै विद्यालयहरूमा खेलकुद शिक्षक र खेलकुद क्लवहरू स्थापना हुनसके विद्यालयस्तरबाटै खेलकुदले फड्को मार्ने बताए ।
खेलकुदको विकासका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने भन्दै चौधरीले प्रदेश सरकारले पनि खेलको विकासका लागि सहयोगी भूमिका खेल्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपालीले प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीहरूलाई नगरले सम्मान गर्ने बताए ।
उनले स्वर्णपदक विजेतालाई विगतमा पनि सम्मान गरिएको भन्दै यस वर्ष पनि गरिने बताए । कार्यक्रममा नेसनल प्याव्सनका प्रदेश संयोजक सुवोध कुमार डाँगी, नगरका शिक्षा संयोजक देवराज विश्वकर्मालगायतले बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here