- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरभ्रमण वर्ष सन् २०२० र यसभित्रका कुरा

भ्रमण वर्ष सन् २०२० र यसभित्रका कुरा

- Advertisement -spot_img

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा छ । भ्रमण वर्ष २०२० सुरू हुन जनवरी १ अब केहीदिन मात्रै बाँकी छ । सरकारले २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना पनि राखेको छ ।
‘घुम्न आएका अतिथिको सम्मान, भ्रमण वर्ष २०२० को साझा आह्वान’ भन्ने नारासहित भ्रमण वर्ष २०२० सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । तर लक्ष्यमा पुग्न दैनिक ६ हजार पर्यटक नेपालमा भित्र्याउनु पर्नेछ ।
सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष हो । यसअघि सन् १९९८ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल ९८’ मनाइएको थियो । तर त्यसबेला लक्ष्यभन्दा कम चार लाख ६३ हजार मात्र पर्यटक भित्र्याउन सफल भएको थियो । सन् २०११ लाई पनि भ्रमण वर्षका रूपमा मनाइएको थियो ।
जसको नारा ‘पर्यटनको लागि सँगसँगै’ भन्ने थियो । त्यो बेला १० लाख पर्यटक भित्र्याउने लक्ष्य भए पनि राजनीतिक अस्थिरता, बन्द हड्तालका कारण सात लाख ३० हजार पर्यटक मात्र नेपालमा आएका थिए ।
आर्थिक बर्ष २०७५ र ७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए । गत आर्थिक वर्षमा दैनिक ३ हजार २ सय पर्यटक नेपालमा आएको तथ्यांक पर्यटन बोर्डसँग छ ।
सरकारी तथ्यांक अनुसार सन् २०१८ मा करिब १२ लाख पर्यटक नेपाल आएका थिए । सन् २०२० मा लक्ष्य भेट्टाउन त्यो भन्दा ८ लाखभन्दा बढी पर्यटक ल्याउनुपर्ने हुन्छ ।

करिब एक अर्ब ३३ करोड जनसंख्या भएको छिमेकी भारतमा ८२ करोड हिन्दु र झण्डै एक अर्ब ४३ करोड जनसंख्या भएको अर्को छिमेकी चीनमा बुद्ध धर्म मान्ने मानिस अत्यधिक छन् । चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटन विश्व भ्रमणमा निस्किएका छन् । चीनबाट मात्रै भ्रमणमा निस्किने पर्यटक वार्षिक १५ प्रतिशतले बढेको छ । नेपालमा त्यसको सानो हिस्सा ल्याउन सकेमात्र भ्रमण वर्ष सफल हुने कुरामा दुईमत नहोला ।


नेपाल सरकारले २०७४ मा ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७५ र ०७६ को सरकारको नीति तथा कार्यक्रमले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारले भनेजस्तै ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटन भित्र्याउन त्यति सहज भने देखिँदैन ।
यसका लागि अवसर र चुनौती दुबै छ । वर्तमान अवस्थामा विश्वको पर्यटन विकास दर मात्र ६ प्रतिशत छ भने नेपालको २० प्रतिशतभन्दा बढी छ । यो एउटा उत्सव मात्र होइन यसको माध्यमबाट नेपालको पर्यटनलाई अझ बृहत् विकास र विस्तार गर्न सकिन्छ । नेपालमा पर्यटनका धेरै सम्भावनाहरू छन् ।
प्राकृतिक नदीनाला, हिमाल, पहाडका अलावा साँस्कृतिक धरोहर र सम्पदा पर्यटनसँग जोडिएका छन् । हामीले आफूसँग भएको स्रोत र साधनलाई परिचालन गर्नुपर्छ र २० लाख पर्यटक भित्र्याउन सम्भव पनि छ ।
विश्वमा नेपाललाई मन्दिरै मन्दिरको देश, माउन्ट एभरेष्टको देश, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको देशका रूपमा चिनिन्छ । भौगोलिक, सामाजिक र साँस्कृतिक विविधता भएको नेपालका मनमोहक दृश्य देखेर जो कोही पनि मन्त्रमुग्ध हुन्छन् ।
लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथलगायत महत्वपूर्ण धार्मिकस्थल मात्र छैनन् आठ हजार मिटरमाथिका हिमश्रृंखला पनि यहाँ छन् । नेपालको यही विविधतालाई देखेर विदेशी पर्यटकहरू मन्त्रमुग्ध हुन्छन र यसै सेरोफेरोमा सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइँदैछ ।
सरकारले सन २०२० जनवरी १ मा भिजिट नेपालको औपचारिक उद्घाटन काठमाडाँैमा र जनवरी ७ मा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा गर्दैछ ।
उद्घाटनका क्रममा ४० भन्दा धेरै देशका पर्यटनमन्त्री, परराष्ट्रमन्त्री र सम्बन्धित देशका राजदूतलगायतलाई आमन्त्रण गरिएको छ । भ्रमण वर्ष सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विभिन्न देशमा रहेको नेपाली राजदूतावास, अन्तर्राष्ट्रिय नियोग र निजी क्षेत्रले सक्रियता बढाएका छन् ।
नेपाल भ्रमण सफल गराउन होटलहरूले भ्रमण वर्ष अवधिभर ३० प्रतिशतसम्म सहुलियत दिने घोषणा गरेका छन् । बाह्य र आन्तरिक पर्यटकलाई होमस्टे, खाना र आवासमा २० प्रतिशत छुटको घोषणा गरिएको छ । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडान विस्तार गरेको छ ।
त्यसैगरी नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङस्थित डाक्सिङ विमानस्थलमा व्यावसायिक उडान गर्न थालेको छ । जसबाट चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । हिमालयले साउनदेखि बंगलादेशको राजधानी ढाकामा पनि उडान गरिरहेको छ ।

सरकारले बन्द रहेका आन्तरिक विमानस्थल पनि सञ्चालन गर्न थालेको छ । ओमनको वायुसेवा प्रदायक कम्पनी सलाम एयरले हप्तामा तीन उडान गर्दै आएकोमा दैनिक एक उडान गरेको छ । कुवेतको जजिरा एयरवेज र भारतको भिस्तारा एयरले पनि नेपाल उडान गर्दैछन् ।
नेपालमा पर्यटक बृद्धिदर उत्साहजनक रूपले बढेको देखिन्छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसनले हालै सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्यांकअनुसार सन् २०१८ मा पर्यटन आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ ।
तथ्यांकअनुसार सन् २०१८ मा नेपालको पर्यटन आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो ।
सन २०१७ मा नेपाल भित्रिने पर्यटकको संख्या नौ लाख ४० हजार थियो भने सन् २०१६ मा सात लाख ५३ हजारले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ ।
सन् २०१६ र सन् २०१७ को तुलनात्मक पर्यटक संख्याको बृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो । सन् २०१७ मा भारतबाट सबैभन्दा बढी दुई लाख पर्यटक आएका थिए भने चीनबाट आउने पर्यटकको संख्या एक लाख ५३ हजार छ । भारत र चीनपछि अमेरिका, श्रीलंका र बेलायतबाट नेपाल घुम्न आउने पर्यटक बढी छन् ।
संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरूको कारणले यो १८औं शताब्दीमा विश्वचर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् ।
सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरू जोड्ने अत्याधुनिक रेलमार्गको विकास ग¥यो । त्यसपछि मानिसहरू त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यसपछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरूको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।
चोभारको गल्छी काटेर पोखरीको रूपमा रहेको काठमाडौँलाई मानवबस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रूपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा विहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ ।
तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको बृद्धिसँगै विकसित भएको हो । राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरूलाई अनुमति थिएन ।
सन् १९५५ मा रूसी पर्यटक बोरिस सिसानेबीचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरू ल्याउन पहिलोपटक अनुमति पाएका थिए ।
बोरिसलाई दिइएको यो अनुमतिसँगै संस्थागत रूपमा नेपालमा विदेशी पर्यटक ल्याउन शुरू गरिएको हो । सन् १९६० मा संसारमा १४ वटा ८ हजारभन्दा माथिका हिमालहरू छन् र त्यसमध्ये ८ वटा हिमालहरू नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्यको रूपमा संसारभर चिनिँदै आएको छ ।
सन् १९६० को दशकमा यूरोपेली देशहरूमा लागूपदार्थ ओसारपसार र सेवनविरूद्धको कानूनहरू ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो ।
यसबीच युद्धविरूद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरू यूरोपका तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौँ र भारतको गोवाजस्ता क्षेत्रहरूमा स्वतन्त्रपूर्वक गाँजा खान आउँथे । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रूपमा पनि चिनियो भने अहिले आएर नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिएको छ ।
२० लाख पर्यटकलाई भित्र्याउने मात्र हैन उनीहरूको नेपालमा औसत बसाईलाई बढाउने तथा उनीहरूको हालको औसत खर्च बृद्धि गर्ने उद्देश्यसमेत हो । नेपाल भ्रमण वर्ष २०२० को विभिन्न तहका तयारीहरू हुँदैछन् ।
युरोपका कतिपय सार्वजनिक सवारी साधनहरूमा नेपालको सौन्दर्यले भरिपूर्ण तस्विरहरूसहित नेपाल भ्रमणको निम्तो टाँसिएका छन् । व्यक्तिगत रूपमा पर्यटनलाई माया गर्नेहरू नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा लागिरहेको छन् भने त्यसैगरी समूह र संस्थाहरू आ–आफना तरिकाले लागिरहेका छन्
। यसैक्रममा गैर आवासीय नेपालीहरूको छाता संगठन एन.आर.एन.का सदस्यहरू एकजनाले कम्तिमा तीनजनालाई नेपाल घुम्न पठाउने अभियानको सुरूवात गरेका छन् ।
व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन संगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलापबाहेक अरू उद्देश्यका लागि यात्रा गर्नेलाई नै पर्यटक भनिन्छ ।
नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । पर्यटनले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्रमा आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउँदै आएको छ ।
नेपालमा विदेशी पर्यटकहरूको आवागमन शुरूवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्व प्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना भएको थियो ।
भ्रमण वर्ष २०२० का चुनौती पनि धेरै छन् । नेपालमा बर्षेनी बढ्दै गएको सवारी दुर्घटनामा कमी हुन नसक्नु, पर्यटकीय स्थलमा जाने सडक कालोपत्रे नहुनु, धुलोधुवाँ हुनु, पर्यटकलाई सुरक्षाको प्रत्याभूति गराउन नसक्नु, ट्रेकिङमा गएका पर्यटकको तत्काल उद्धार गर्न समयमै कर्मचारी नआउनु नहुनुलगायतका चुनौती छन् ।
भ्रमण वर्ष सुरू हुनै लाग्दा सरकार र सम्बन्धित निकायले पर्यटकीय नगरसम्म पुग्ने बाटो धुलोधुवाँमुक्त बनाउनुपर्छ । हामीले सडक, विद्युत, पानी, यातायातलगायत अन्य भौतिक पूर्वाधारमा सुधार गर्न जरूरी छ । हाल सामाजिक सञ्जालले विश्वका अर्बौं मानिसलाई जोडेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पेजहरूलाई नेपालबारे कम्तीमा दुई मिनेटको भिडियो बनाई पर्यटकको अनुभव पनि राख्नुपर्छ । हामीले पहिलोमा एट्रयाक्सन र दोस्रोमा विज्ञापनमा जोड दिनुपर्छ ।
तेस्रो पक्ष एक्सेस हो । वाह्य पर्यटकको आवागमन हुने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घन्टौँ हवाईजहाज होल्ड गर्न पर्ने समस्या छ । यो समस्याको समाधान गरी अन्य विमानस्थलको विकल्प नखोजे पर्यटकले अन्य विकल्प खोज्न सक्छन् । कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत योगदान पु¥याउने पर्यटन क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन ।
त्यसैले संख्यात्मक रूपले पर्यटक वृद्धिभन्दा पनि गतिलो आय भएका पर्यटक भित्र्याउन सक्नुपर्छ । पर्यटकहरूले बढीमा ११ दिन मात्र बिताएको पाइने गरिएको छ, जसमा पनि बढी खर्च गर्न खोज्ने चिनियाँ पर्यटक पाइन्छ । त्यसैले चिनियाँलगायत अमेरिकी र युरोपेली देशका पर्यटक बढी भित्र्याउन सके मुलुकलाई फाइदा देखिन्छ ।
करिब एक अर्ब ३३ करोड जनसंख्या भएको छिमेकी भारतमा ८२ करोड हिन्दु र झण्डै एक अर्ब ४३ करोड जनसंख्या भएको अर्को छिमेकी चीनमा बुद्ध धर्म मान्ने मानिस अत्यधिक छन् ।
चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटन विश्व भ्रमणमा निस्किएका छन् ।
चीनबाट मात्रै भ्रमणमा निस्किने पर्यटक वार्षिक १५ प्रतिशतले बढेको छ । नेपालमा त्यसको सानो हिस्सा ल्याउन सकेमात्र भ्रमण वर्ष सफल हुने कुरामा दुईमत नहोला ।
नेपालमा पर्यटन सुरू भएको पचास वर्षभन्दा बढी भयो । सन् २०२० मा नेपालमा पर्यटकहरू किन आउने ? पर्यटकहरू नेपाल किन आउँछन् भनेर आजसम्म एउटा सर्भेसमेत भएको छैन ।
सुर्योदय हेर्न वा ट्रेकिङ जान वा हिमाल चढ्न के का लागि पर्यटक नेपाल आउँछन् ? भन्ने थाहा पाउन पनि एउटा सर्भे गर्न आवश्यक छ । त्यसवाट पर्यटकहरूलाई सबैभन्दा मन परेको चिज के हो ? भन्ने पनि पत्ता लाग्छ । यसतर्फ पनि सरकारले सोच्न जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here