- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरभरतपुर खानेपानीको साधारणसभा

भरतपुर खानेपानीको साधारणसभा

- Advertisement -spot_img

घोराही, ६ पुस । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको भरतपुरमा उद्घाटन भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपनोले साधारणसभा तथा अधिवेशनको उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले भरतपुर खानेपानी आयोजनाले उपभोक्तालाई खानेपानीको आपूर्ति पूरा गर्न खेलेको भूमिकाको सह्रानीय गर्दै मिनी सहरको रूपमा रहेको भरतपुर क्षेत्रलाई खानेपानीको विस्तार र विकासको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेकी थिइन् ।
खानेपानीको मुहान संरक्षण र भूमिगत पानीको घट्दो स्रोतलाई बचाउन उपमहानगरपालिकाले ठाउँ–ठाउँमा पानी पोखरी र कृत्रिम जलाशय निर्माणको कामलाई अघि सारेको बताईन् ।
कार्यक्रमका विशिष्ठ अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोख्रेलले जिल्लाका २६ प्रतिशत जनता अहिले पनि खानेपानीको सहज पहुँचबाट टाढा रहेको बताए ।
जिल्लाका ७४ प्रतिशत जनताहरू खानेपानीको आधारभूत सुविधाबाट लाभान्वित भएता पनि एक घर एक धारा राज्यको नीतिलाई लागू गर्न खानेपानीको स्रोतको संरक्षणसँगै खानेपानीको विस्तार गर्न जरूरी रहेको बताए ।
जिल्ला खानेपानी सञ्जालका अध्यक्ष तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले राज्यले खानेपानीलाई सिंचाईको सरह मान्यता दिन नसक्दा खानेपानी संस्थाहरूले चर्को विद्युत भार भोग्न बाध्य भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here