- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरपुस्तक लोकार्पण तथा पुरस्कार स्थापना

पुस्तक लोकार्पण तथा पुरस्कार स्थापना

- Advertisement -spot_img

घोराही, ६ पुस । साहित्यकार रमेश सुवेदीद्वारा लिखित एवं तिलकप्रसाद पुनद्वारा प्रकाशित राप्तीका विभिन्न पुरस्कारहरूको पुस्तककार कृति ‘राप्तीका साहित्यीक पुरस्कारहरू’ नामक पुस्तकको लोकार्पण तथा पुरस्कार अक्षयकोषको घोषणा गरिएको छ ।
राप्ती साहित्य परिषद्का अध्यक्ष पुरूषोत्तम खनालको अध्यक्षता तथा वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य एवं प्रा.केशव सुवेदी र डा.अमर गिरीको विशिष्ठ आतिथ्यमा कृतिको लोकार्पण प्रमुख अतिथि शर्मा लगायतका अतिथिहरूले गरेका थिए ।
कार्यक्रममा कृतिका लेखक रमेश सुवेदी, प्रकाशक तिलकप्रसाद पुन, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, राप्ती साहित्य परिषद्का सल्लाहकारहरू उत्तमकृष्ण मजगैयाँ, गिरिराज शर्मा, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर,
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, सर्वाेदय पुस्तकालयका अध्यक्ष एवं छलफल चौतारी दाङका संयोजक सुशील गौतम, राप्ती साहित्य परिषद् प्यूठान शाखाका अध्यक्ष देवेन्द्र कुमार रिजाल, सिस्नोपानी दाङका अध्यक्ष डा.लोकराज पराजुली, प्रलेस ५ नं.प्रदेशका संयोजक केशव थापा,
प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, साहित्यकारहरू नारायण नेपाल, डा.कृष्णराज डिसीलगायतका अतिथि श्रष्टाहरूले शुभेच्छा प्रकट गरेका थिए ।
यसैबीच रोल्पा निवासी तिलकप्रसाद पुन तथा हेमलता पुनलगायतका नौजना साहित्यानुरागीहरूले स्थापना गरेका १ लाख ११ हजार १११ राशीको ‘श्रीबहादुर दिलमाया साहित्य पुरस्कार’ अक्षयकोषको घोषणा गरी सोको चेक राप्ती साहित्य परिषद्का अध्यक्ष पुरूषोत्तम खनाललाई हस्तान्तरण गरिएको थियो ।
राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाले धन्यवाद प्रकट गरेका थिए । कार्यक्रमको सहजीकरण परिषद्का सचिव खेमराज मल्लले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here