- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरजेसिजमा नयाँ नेतृत्व चयन

जेसिजमा नयाँ नेतृत्व चयन

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस । तुलसीपुर नगर जेसिजको अध्यक्षमा मोहन सुनार चयन भएका छन् । जेसिज वर्ष २०२० का लागि सुनार अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् ।
नगर जेसिजको कार्यकारिणी उपाध्यक्षमा पूर्णविक्रम डाँगी र एकराज भण्डारी, उपाध्यक्षमा मेघराज पोख्रेल, बसन्त भण्डारी, कृष्ण पोख्रेल, मदन गौतमलाई चयन गरिएको छ । त्यस्तै सचिवमा छविकुमार ओलीलाई सर्वसम्मत चयन गरिएको हो । जेसिज तुलसीपुरको सातांै अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।
यसैबीच युवाहरूले नेतृत्व गर्दै आएको त्रिभुवननगर जेसिजको अध्यक्षमा माधव पौडेल चयन भएका छन् । सन् २०२० का लागि जेसिजको अध्यक्षमा पौडेल चयन भएका हुन् ।
जेसिजको कार्यकारी उपाध्यक्षमा यज्ञबहादुर खड्का र अनन्त रावतलाई चयन गरिएको छ । त्यसैगरी, जगत जिएम, नविन अभिलाषी, विमल खड्का र श्यामकुमार गिरी उपाध्यक्षमा र भूपालसिंह रोकाय सचिवमा चयन भएका छन् ।
एकबर्षे कार्यकाल हुने जेसिजमा युवाहरूले नेतृत्व गर्ने र सामाजिकसँगै युवाहरूको क्षमता तथा नेतृत्व विकासमा काम गर्दै आएको छ । शैक्षिक, सरसफाईसँगै अन्य सामाजिक कार्यमा सक्रिय जेसिजले युवाहरूको क्षमता तथा नेतृत्व विकासमा समेत भूमिका खेल्ने गरेको छ ।

महिला जेसिजले आफ्नो एघारौं स्थापना दिवस

घोराही, ५ पुस । दाङ महिला जेसिजले आफ्नो एघारांै स्थापना दिवस मनाएको छ । जेसिजले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान तथा फलफुल वितरण गरेर मनाएको हो ।
जेसिजले घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको बृद्धाश्रममा पुगेर फलफुल वितरण तथा रक्तदान गरेको हो । महिला जेसिज दाङकी अध्यक्ष रेखा शर्माको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक सरोकार केन्द्र दाङका अध्यक्ष भूपाल गिरीले जेष्ठ नागरिकहरू बौद्धिक सम्पत्तिका रूपमा लिएर सम्मान गर्नुपर्ने बताएका थिए ।
जेष्ठ नागरिकहरू इतिहास भएकाले उनहरूबाट धेरै कुराहरू सिक्न सकिने बताएका थिए । बदलिदो समयमा कतिपय सन्तानहरूले जेष्ठ नागरिकहरूलाई आश्रममा ल्याएर छाड्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख अतिथि गिरीले जेष्ठ नागरिकहरूलाई घरमै बस्ने वातावरण बनाउनु सन्तानको कर्तव्य र दायीत्व भएको बताए ।
सरकारले जेष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता, निःशुल्क स्वास्थ्य उपचारजस्ता कार्यहरू ल्याएर जेष्ठ नागरिकप्रति सम्मान गरेको पनि प्रमुख अतिथि गिरीले बताए ।
कार्यक्रममा महिला जेसिजकी पूर्व अध्यक्षहरू सुशीला पौडेलले, माया पोख्रेल, त्रिभुवननगर जेसिजका पूर्व अध्यक्ष रजिव उल्लाह खान, गोरक्ष राष्ट्रिय दैनिककी प्रकाशक शुलोचना गौतम, रेडियो स्वर्गद्वारीकी समाचार सम्पादक बसुन्धरा गौतमलगायतले बोलेका थिए ।
उपाध्यक्ष जुनु कुमारी बुढाको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यकारी उपाध्यक्ष ममता विष्टले गरेकी थिईन् । कार्यक्रमको सहजीकरण महासचिव अनिता ढकालले गरेकी थिइन् भने जेसिजको आस्था पाठ बसन्ती सुवेदीले गराएकी थिईन् ।
त्यस अवसरमा मानवताको सेवा नै सर्वोत्तम कार्य भन्दै विभिन्न ११ जना व्यक्तिहरूले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूमा दाङ महिला जेसिजका पूर्व अध्यक्षद्वय माया पोख्रेल, सुशीला पौडेल, दाङ महिला जेसिजका अध्यक्ष रेखा शर्मा,
कार्यकारी उपाध्यक्ष ममता विष्ट, जेसी जुन कुमारी बुढा, जीबा भुसाल, शारदा घर्ती, संगीता रोका, अमृता हमाल, त्रिभुवन नगरका पूर्व अध्यक्ष रजीव उल्लाखान लगायतले रक्तदान गरेका थिए ।
यसैबीच जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरीलाई घोराही पनौरा घर भई जापान पुगेका सञ्जय पौडेलले आफ्नो पहिलो पारिश्रमिक जेष्ठ नागरिकलाई समर्पण गरेका छन् ।
पनौरा निवासी रमेश शर्मा पौडेल र शान्ता पौडेलका छोरा सञ्जय पौडेलले वृद्धाश्रममा बस्दै आएका १८ जना आमा बाबुका लागि एकदिनको खाना स्वरूप ३ तीन ५ सय रूपैयाँ सहयोग गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here