- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरमाघ महोत्सव गरिने

माघ महोत्सव गरिने

- Advertisement -spot_img

घोराही, ६ पुस । थारू कल्याणकारिणी सभा दाङको आयोजनामा आगामी पुस २५ र २६ गते माघ महोत्सव गर्ने निर्णय गरेको छ । थारू कल्याणकारिणी सभा दाङका सभापति भुवन चौधरीको अध्यक्षता बसेको बैठकले प्रत्येक वर्षझैँ माघ महोत्सव गर्ने निर्णय गरेको छ ।
थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । जसमा केवि चौधरी, अशोक चौधरी, लक्ष्मीमान चौधरी, शालिकराम चौधरी, सन्तोष दहित, प्रकाश चौधरी, रामपती चौधरी, श्रीराम दहितलगायत रहेका छन् ।
महोत्सव सफल पार्न विभिन्न उपसमितिसमेत गठन गरेको साँस्कृतिक उपसमितिका संयोजक लक्ष्मीमान चौधरी जानकारी दिए । आर्थिक उपसमितिको संयोजकमा भुवन चौधरी रहेका छन् ।
जसको सदस्यहरू केवि चौधरी, शालिकराम चौधरी, सन्तोष दहित, अशोक चौधरी, लब्ली क्यान्भास रहेका छन् । सन्तोष दहितको संयोजकत्वमा ६ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो जसमा प्रकाश चौधरी, नवीन चौधरी, सविता चौधरी, सबि थारू र श्रीराम दहित सदस्य रहेका छन् ।
बैठकले साँस्कृतिक उपसमिति, स्वयंसेवक परिचालन समिति, मञ्च व्यवस्थापन, अतिथि सत्कार, महतावा परिचालन तथा सम्मान प्रदान उपसमिति गठन गरिएको हो ।
जसमा क्रमशः लक्ष्मीमान चौधरी, अशोक चौधरी, माधव चौधरी, जगवीर चौधरी, रामपती चौधरी तथा भुवन चौधरी रहेका छन् । महोत्सवमा विशेषगरी माघ पर्व तथा थारूहरूको परम्परागत खाना पहिचान झल्काउने घरेलु सामाग्री स्टलमा राखिने प्रकाश चौधरीले जानकारी दिए ।
महोत्सवमा सामाजिक क्षेत्रमा उदाहरणीय भूमिका निभाएका अभिन्ता तथा थारू समुदायका जेहेन्दार उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्ने सभापति चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here