- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरलैंगीक विभेद विकासको बाधक

लैंगीक विभेद विकासको बाधक

- Advertisement -spot_img

घोराही, ६ पुस । लैंगिकताको आधारमा कसैलाई पनि कमजोर पार्दा दिगो विकासमा असर पर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
महिला पुनस्र्थापना केन्द्र ओरेक दाङले महिलामाथि हुने हिंसाको यथार्थता अन्वेषी २०७६ घोराहीमा सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले लैंगीक विभेदको अन्य गर्न सामूहिक अभियानको खाँचोसमेत औंल्याएका छन् ।
ओरेककी संयोजक ईश्वरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले महिलालाई पछि पारेर समुन्नत समाज बन्न नसक्ने बताइन् ।
घर परिवार हुँदै समाजमा रहेको लैंगीक विभेदको अन्त्य गर्न सोचमा परिवर्तन आउन आवश्यक रहेकोमा जोड दिए । सामाजिक संरचना र पुरानो चिन्तन अझै हट्न नसकेको भन्दै उनले सचेतीकरणसँगै कानुन कार्यान्वयनमा सबै लाग्नुपर्ने बताए ।
त्यसैगरी घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले महिला हिंसा रोक्न पुरूषलाई बढी सचेत पार्दै कानुनी दायरामा ल्याउन सक्नुपर्ने बताए । पीडितहरूका बीचमा मात्रै छलफल हुने तर पीडक सधै सुरक्षित रहने अवस्थाको अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड दिए ।
महिलाहरूलाई सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक क्षेत्रमा सशक्त बनाउन अझै नेतृत्व गर्नेहरूको सोचमा परिवर्तन आउन आवश्यक रहेको बताए । लैंगीक समानता भए मात्रै समाजको विकास दिगो हुने उनको भनाई छ ।
कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, नामगरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, इन्सेकका विनोद केसीलगायतले पीडितमैत्री न्यायालय र लैंगीक समानतायुक्त घरको आवश्यक रहेकोमा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here