- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयदुर्घटना न्यूनीकरण गरौं

दुर्घटना न्यूनीकरण गरौं

- Advertisement -spot_img

दाङमा पछिल्लो समय दैनिक सवारी दुर्घटना भइरहेका छन् । चालकको सानो कमजोरीका कारण गन्तव्यमा हिडेका नागरिककले अनाहकमा ज्यान गुमाउनुपरेको छ । सवारी दुर्घटनाको भयावह स्थिति देखापरेको छ ।
बुधबारदेखि शुक्रबारसम्म सवारी दुर्घटनाकै कराण तीनजनाले ज्यान गयो । तुलसीपुरमा मात्रै दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु भयो । दुर्घटनामा सातजना बढी घाइते भए । बिहीबार विद्यालय हिडेकी बालिकालाई ट्याक्टरले ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुले बालिकाको निधन भयो भने शुक्रबार सल्यानको फलावाङ जाँदै गरेको जीप तुलसीपुर–३ पैयाखोरेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भयो, ६ जना घाइते भए ।
यी दुर्घटनालाई मात्र हेर्दा पनि चालककै लापरबाही देखिएको छ । दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाहीसँगै घुम्ती र साँघुरो सडकलगायतका रहेका छन् । यस्ता दुर्घटनाहरूलाई न्यूनीकरण गर्न सचेतना बढाउनुपर्ने आवश्यकता देखिन्छ ।
दुर्घटना न्यूनीकरण हुनुको साटो झनै बढेको छ । दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना सम्बन्धित निकायसम्म पुग्न नसकेको कि सम्बन्धित निकायले अटेरी गरेको ? दुर्घटना न्यूनीकरणका लागि हुने विभिन्न सचेतनामूलक कार्यक्रम औपचारिकतामै सीमित हुने गरेको छ । सडक संरचनामा पनि सुधार हुन सकिरहेका छैनन् ।
सडकमा पैदलयात्री आवातजावात गर्ने लेन छैन् । बजारमा सवारी पार्किङ गर्ने निश्चित ठाउँ छैन् । भौगोलिक विकटताका कारण पनि सडकको अवस्था दर्दनाकको स्थिति अर्कोतिर छ । ट्राफिक नियम विपरीत सवारी चलाउनेसँगै राजस्व दैनिक लाखौं संकलन हुन्छ तर पनि नियम विपरीत सवारी चलाउनेको संख्यामा पनि कमि आएको छैन् ।
ट्राफिक नियम पालनामा कडाइ गरेको ट्राफिक प्रहरीले दाबी गर्छ तर दुर्घटना बढेको बढ्यै छ । सवारी दुर्घटना जानकारी दिएर हुने त होइन् तर सेचतना अपनाए दुर्घटना केही न्यूनीकरण गर्न सकिन्छ ।
दुर्घटना भएपछि केहीदिन दुर्घटना रोक्ने विषयमा बहस हुन्छ तर विस्तारै सेलाउँदै जान्छ । दुर्घटना न्यूनीकरणका लागि गरेका प्रयास निरर्थक नै भइरहेका छन् भन्दा पनि हुन्छ । न अहिलेसम्म सडकको संरचना सुधार हुन सकेको छ, न त नियम विपरीत सवारी चलाउनेको संख्या घटेको छ ।
स्थानीय सरकारदेखि ट्राफिकलगायत विभिन्न सरोकारवालाले दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी भूमिका थाल्न आवश्यक छ । सडक यात्रालाई सुरक्षित गराउनका लागि अहिले भएका प्रयासले मात्रै पुग्दैन् ।
अस्तव्यस्त बजारलाई व्यवस्थित गराउनेदेखि ट्राफिक सचेतनालाई व्यापक बनाउन जरूरी छ । पुराना सवारी साधन सञ्चालनमा कडाई गर्न आवश्यक छ भने क्षमताभन्दा बढी यात्रु नबोक्न व्यवसायीलाई कडाई गर्नु आवश्यक छ । यात्रु स्वयम् पनि यात्रुको चाप भएका सवारी साधनमा यात्रा गर्नुहुँदैन भन्ने सचेत हुन जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here