- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरभरोसा तोड्दैनौ

भरोसा तोड्दैनौ

- Advertisement -spot_img

असहाय नानीहरूको प्रतिवद्धता…
घोराही, ५ पुस । ‘कक्षा १२ को परीक्षा दिईसकेको थिए । सर्टिफिकेट निकाल्ने पैसा थिएन् । केही दिन लेवर काम गर्न पनि गरेँ, तर त्यो पैसाले न त सर्टिफिकेट निकाल्न मिल्थ्यो न त क्याम्पसको नाम लेखाउन नै, सबै साथीहरूले नाम लेखाईसकेका थिए । म रातदिन रोएर बिताउँथे तुलसीपुरकी सोनम विकले यो भनिरहदा उनीसँगै सहभागी अन्य ४० जना बालिका पनि भावविह्वल भए ।
सबैको आँखामा टिलपिल आँसु, कोही सुक्क–सुक्क गरेर रोइरहेका थिए भने, कोही आँसु लुकाउने कोसिस गरिरहेका थिए र पनि उनी थप्दै गईन् ।
‘आमाले दिनको चार सय रूपैयाँ कमाएर हामी छोराछोरीको साँझ–बिहान हातमुख जोड्नै पुग्दैनथ्यो, बुवा हुनुुहन्न’ उनी भावुक हुँदै भनिन् ‘पढ्न निकै मन थियो, तर आमाको दुःख देखेर भन्न सक्दिनथे ।’ विकले आफ्नो समस्या भनिरहदा उनीसँगै सहभागी भएका अन्य ४० जना पनि गहभरी आँसु लिएका थिए ।
मानौँ यो समस्या उनीहरू पनि भोगिरहेका छन् अनि उनीहरूलाई यो समस्या परेको जस्तो महसुस हुन्थ्यो । उनीहरूको आँखामा आँसु नआओस् पनि कसरी ? सबैको पीडा उस्तै–उस्तै थियो । कसैको बावु आमा थिएनन् ।
कसैको बुवाले मादकपदार्थ सेवन गरेर दिनहुँ आमालाई कुट्थे, कसैको आर्थिक अभाव भएर साँझ–बिहान हातमुख जोड्नै पुग्दैनथ्यो, कोही पैसा नभएर विद्यालय छोड्ने अवस्थामा पुगेका थिए ।
सबै यस्तै–यस्तै बालिकाहरू शिशु कक्षादेखि स्नातकसम्म पढिरहेका बालिहरूको जमघट थियो । जसलाई नेपाल महिला सामुदायिक सेवा केन्द्रले पढाइरहेको छ ।
यसै सिलसिलामा नेपाल सामुदायिक सेवा केन्द्रले प्रजातन्त्र तथा विकास केन्द्रको साझेदारीमा सञ्चालित सशक्तीकरणका लागि शिक्षा सहयोग कार्यक्रमअन्तर्गत बालबालिकाहरूको अनुभव आदान–प्रदान कार्यक्रममा सहभागी बालबालिकाहरूले यसरी नै आफ्ना भोगाइहरू सुनाईरहेका थिए ।
आठ वर्षदेखि नेपाल महिला सामुदायिक सेवा केन्द्रले पढाइरहेको बताईन् । उनलाई अझै स्नातक पढ्नु छ । त्यो पनि नेपाल केन्द्रले नै पढाउने भएको छ  ।
‘केन्द्रको संस्थापक अध्यक्ष विमला योगी, अध्यक्ष कल्पना न्यौपाने र संस्थाकी सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ता दिदीहरू नभएको भए म पढन पाउने थिएन्, अरू दिदीहरूको जस्तै सानै उमेरमा विवाह गरेर दुःख पाईरहेको हुन्थे’ उनले थपिन् ‘म पढेर यो संस्थाको नाम राख्नेछु, तपाईहरूको भरोसा र विश्वासलाई टुटन् दिन्न ।’
‘दुई कक्षामा पढ्दा बुवा बित्नुभयो, हामी चार बहिनी छोरी, आर्थिक अवस्था कमजोर थियो’ गोरक्ष रत्ननाथ मावि गोग्लीमा १२ मा पढ्दै गरेकी निशा डाँगीले पनि आफ्नो पीडा सुनाईन् । ‘आर्थिक अवस्था कमजोर भएको त्यसमा पनि बुवा नभएको घरमा निकै हेप्दा रहेछन’् उनले निरास हुँदै भनिन् ।
‘स्कुल छोड्ने अवस्था भईसकेको थियो, सामुदायिक केन्द्रका मेडम विमला योगी विद्यालयमा जानुभएको रहेछ र विद्यालयका शिक्षकहरूसँग कुरा गरिसकेपछि मैले पुनः पढ्न मौका पाए’ उनले खुशी व्यक्त गर्दै भनिन् ‘मलाई धेरै पढ्न मन छ, मलाई पढाउने कोही छैन, म यो संस्था अनि तपाईको भरोसा कहिले तोड्ने छैन् ।’
सोनम र निशा मात्रै होइनन् । नेपाल महिला सामुदायिक सेवा केन्द्रले ५ सय ५० जना बालबालिकाहरूलाई अभिभावक जस्तै भएर पढाइरहेको छ । विद्यालयमा आवश्यक पर्ने कापी, कलम, विद्यालय पोशाकदेखि स्कुलको फिसमेत बुझाई दिदा निकै नै खुशी छन् उनीहरू ।
‘हामीलाई नछोड्नु होला, हाम्रो आमा भने पनि तपाई, बुवा भने पनि तपाई हो’ उनीहरूको एउटै आवाज थियो ‘सधैभरी साथ दिनुहोला, हामी तपाईको भरोसा तोड्दैनौँ ।’
नेपाल सामुदायिक सेवा केन्द्रले प्रजातन्त्र तथा विकास केन्द्रको साझेदारीमा सञ्चालित सशक्तीकरणका लागि शिक्षा सहयोग कार्यक्रमअन्तर्गत घोराही तथा तुलसीपुर उपमहानगरपालिकाका ४७ वटा सामुदायिक तथा निजी विद्यालयहरूमा ५ सय ५० जना बालबालिकाहरूलाई पढाइरहेको केन्द्रका संस्थापक अध्यक्ष विमला योगीले बताइन् ।
ति बालबालिकाहरूलाई वार्षिकरूपमा विद्यालय शुल्क, पुस्तक, सेनेटरी प्याड, पोशाक, स्विटर, कापी, कलम, जोमेट्रिबक्स, क्याल्कुलेटर, डिस्नेरी, स्कुल व्याग, आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध गराउँदै आएको उनले बताइन् ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एव्म विविसी नेपाली सेवाकी दाङ संवाददाता बसुन्धरा गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
गौतमले आजको युग छोरीहरूको युग भएको बताउँदै छोरीहरू सक्षम भएमात्र पनि पछि आईपर्ने समस्या समाधान गर्ने सक्ने बताइन् । जबसम्म छोरीहरूले शिक्षा लिन सक्दैनन् तबसम्म छोरीहरू अगाडि आउन नसक्ने भन्दै छोरीको शिक्षमा लगानी पहिलो प्रथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक कोषाध्यक्ष गीता गिरी, चेतना महिला विद्यालयका सुमित्रा पन्थी, सहयोगी श्रेया गिरीलगायतले बोलेका थिए ।
त्यस अवसरमा लण्डनमा अध्ययनरत श्रेया गिरीले छात्राहरूको पढाइ खर्चस्वरूप १ लाख तथा आमा गीता गिरीले जन्मदिनको अवसर पारेर ५ हजार रूपैयाँ सहयोग गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका लक्ष्मी गुप्ताले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here