- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरजीप दुर्घटनामा एकजनाको मृत्यु

जीप दुर्घटनामा एकजनाको मृत्यु

- Advertisement -spot_img

तुलसीपुर,५ पुस । दाङमा फेरी सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । दुर्घटनमा परी सल्यान कपुरकोट गाउँपालिका–४ गाढापानीकी २० बर्षिया गीता बुढाथोकीको घटनास्थलमै मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते हुनेहरूमा कपुरकोट गाउँपालिका–४ का ३५ बर्षिया सावित्रा वली, सोही ठाउँकी ४० बर्षिय सुशीला विक, उनकी दुई बर्षिया छोरी अम्बिका विक, सोही ठाउँकै ४० बर्षिय रूपा बुढाथोकी, १३ बर्षिय बिना विक, त्रिवेणी गाउँपालिका–४ का सहचालक १८ वर्षिय हिमाल रेग्मी घाइते भएका छन् । दुर्घटनामा परी घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।
तुलसीपुरबाट सल्यानको फलावाङ जाँदै गरेका रा १ ज ८२२ नम्बरको ट्याक्सी तुलसीपुर–३ पैयुखोरीमा दुर्घटनामा परेको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको घाइतेहरूले बताएका छन् ।
चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ट्याक्सी झण्डै ५० मिटर तल खसेको थियो ।
यसैबीच बिहीबार बिहान ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिका बिजिता केसीको शव आफन्तले बुझेका छैनन् । दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै पीडितले मृतक बालिकाको शव बुझ्न नमानेका हुन् ।
बालिका केसी तुलसी आवासीय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत रहेकी थिइन् । तुलसीपुर–७ शिवनगरकी मृतक बालिका केसीको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बिजिताका बुवा रोजगारीको सिलसिलामा बाहिर भएको भन्दै घरमा आएपछि मात्र शव आफन्तीको जिम्मा लगाउने जानकारी दिए ।
उनले अहिले पनि पीडित पक्षसँग छलफल भईरहेको जानकारी दिदै कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टम गरेपछि आफन्तीको जिम्मा लगाउने बताए । दाङमा लगातार चार दिनमा सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ ।
यसैबीच नेशनल प्याब्सन र प्याब्सन तुलसीपुरले शुक्रबार तुलसीपुरमा ¥याली निकालेको छ । तुलसी आवासीय मावि कक्षा ८ मा अध्ययनरत बालिका बिजिता केसीको ट्याक्टरको ठक्करबाट निधन भएको विरोधमा एनप्याब्सन तथा प्याब्सनले शान्तिपूर्ण ¥याली निकालेका हुन् । दोषीलाई हदैसम्मको कारवाही होस्, पीडितलाई न्याय दे ’ जस्ता नारासहित तुलसीपुरमा ¥याली निकालेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here