- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरजनमोर्चाले जनजागरण कार्यक्रम गर्ने

जनमोर्चाले जनजागरण कार्यक्रम गर्ने

- Advertisement -spot_img

तुलसीपुर, ५ पुस । राष्ट्रिय जनमोर्चाले राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको लागि माघमा जनजागरण कार्यक्रम गर्ने भएको छ । संघीयताका कारण देश संकटमा पर्दै गएको भन्दै जनमोर्चाले नागरिक सचेतनाका लागि जनजागरण कार्यक्रम गर्ने भएको हो ।
जनमोर्चाको बिहीबार घोराहीमा बसेको बैठकले माघमा जनजागरण कार्यक्रम गर्नका लागि पुस महिनाभर स्थानीय समितिको बैठक गर्ने समेत भएको छ ।
संगठनलाई विस्तार गरी अभियानलाई सफल बनाउने बैठकले निर्णय गरेको अध्यक्ष गणेश आचार्यले जानकारी दिए । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि उत्पन्न परिस्थितिलाई मिलाउन नेपाल सरकारले कुनै पहल नगरेको भन्दै निष्कर्ष समेत निकालेको छ ।
संघीयता खारेजीको माग राख्दै आएको जनमोर्चाले पछिल्लो समय यसलाई जनतामाझ लैजान माघ महिनाभर जनजागरण अभियान सञ्चालन गर्ने अध्यक्ष आचार्यले बताए ।
यस्तै सीमा अतिक्रमण र राष्ट्रियताको विषयमा यही पुस २१ गते घोराहीमा अन्तरक्रिया कार्यक्रम गर्ने साथै स्थानीयस्तरमा तुलसीपुर, लमही गढवा र भालुवाङमा पनि अन्तरक्रियासमेत गरिने भएको छ ।
यस्तै बैठकले राप्ती गाउँपालिका–१ स्थित राप्ती नदी, नजिकै रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भालुवाङ बजार, बड्कापथ, बराहखुट्टी कुलोको बाँध, धार्मिकस्थल, सुरक्षा पोष्ट,
संसानघाट समेतलाई असर गर्ने गरी नदीजन्य पदार्थ उत्खनन दिएको विरोधसमेत गरिएको अध्यक्ष आचार्यले बताए । प्राकृतिक श्रोत साधनमाथिको अनियन्त्रित दोहनको विरोध गर्दै लमही र गढवामा अन्तरक्रियासमेत गरिने भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्यको अध्यक्षता र केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकले फागुन महिनामा जिल्लाब्यापी संगठन निर्माण अभियान चलाउने निर्णयसमेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here