- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरप्राणीको हितमा ग्रन्थ विवेचना

प्राणीको हितमा ग्रन्थ विवेचना

- Advertisement -spot_img

श्रीराम दहित

त्याग र आदर्शलाई प्रस्तुत गर्ने रामायण तथा अधर्मीहरूको विरूद्धमा प्रतिकार र सकारात्मक प्रेरणा प्रदान गर्ने महाभारत संसारभरमा रहेका ग्रन्थ शास्त्रहरूमा अतुलनीय मानिन्छन् ।
यी ग्रन्थहरूको रचनाअनुसार कुरूक्षेत्र, थानेश्वर, रामेश्वर, वाराणशी, जनकपुरधाम नेपाल, गया, गान्धर अफगानिस्तान लगायतका स्थानहरूको स्थलगत व्याख्या विवेचना गरिएको छ ।
रामायणमा सामाजिक दायित्व बहन, गीता ग्रन्थको ज्ञान र भक्तिभाव जगाउने संगमको रूपमा रचिएको छ । रामायणका रचनाकार महर्षी वाल्मिकी एवं महाभारतका रचनाकार महर्षी वेदव्यासको क्षमताका बारेमा संसार नतमस्तक छ ।
प्राचीन सनातन ग्रन्थका रचियता महर्षीहरूले आफ्नो जीवनलाई प्रयोगशालाको रूपमा त्याग प्रयोग गरेर रचिएको तथ्य ग्रन्थमा उल्लेख भएको पाइन्छ । ती महर्षीहरूको जीवन भोगाइ अध्ययन मात्रले प्राणी मात्रको हितमा हुनेछ । ग्रन्थ, शास्त्र, पुराण, दर्शन आदि सनातन साहित्यले नरलाई नारायणस्तरमा पु¥याएको हामीले पढे सुनेका र भोगेका पनि छौँ ।
सामान्यतया दर्शन वा आदर्शले कुनै व्यक्तिलाई जीवन दृष्टि प्राप्ति र सकारात्मक रूपमा प्रभाव पर्नु हो । पश्चिमी दर्शनले व्यक्तिको बौद्धिक चिन्तन वृद्धिमा सीमित रहेको पाइन्छ भने पूर्विय दर्शनले मानवीय जीवनको चिन्तन चरित्रलाई व्यवहारिक तहमा सकारात्मक परिवर्तन गर्दछ ।
जहाँ वेद, शास्त्र, पुराण, ग्रन्थलगायतका पूर्विय संस्कृति अनुरूपको विवेचना भएको छ त्यहाँ मानव मूल्य मान्यतामा राजनैतिक प्रशासनिक, आर्थिकरूपमा पारदर्शिता भएको पाइन्छ ।
मानवलाई दृष्टि प्राप्ति गराउने हाम्रा न्याय दर्शन, वैशेषिक दर्शन, साँख्य दर्शन, योग दर्शन, पूर्व मीमांसा दर्शन तथा उत्तर मीमांसा दर्शनले मानव जीवनलाई मार्गदर्शनको रूपमा निर्देशित गर्दै आएको छ ।
वैदिक सनातन ग्रन्थलाई आधार बनाएर हरेक तहमा कार्य गरेमा अपेक्षित रूपमा हामीले शान्ति र समग्र समृद्धि प्राप्ति गर्नेमा सन्देह गर्नुपर्दैन । भौतिक तथा मानसिक रूपमा गरिने हिंसा, बलात्कार, काम चोरी, ठगी, कालाबजारीलगायतका तरिकाले गरिने आचरणयुक्त भ्रष्टाचार प्रतिदिन बढ्दै गरेको अनुपात न्यूनीकरण गर्न सकिन्छ ।
त्यसैअनुरूप मानव जीवनको चौतर्फी स्वास्थ र समृद्धिका लागि रचित पुराणहरू विष्णु, पद्म, ब्रह्म, शिव, बराह, नारद, मार्कंडेय, अग्नि, ब्रह्मवैवर्त, लिङ्ग, भागवत, स्कन्ध, वामन, कुर्म, मत्स्य, गरूड, ब्रह्माण्ड र भविष्य पुराण अध्ययन तथा विवेचना प्राणी मात्रको हितमा गर्नु आजको आवश्यक छ ।
परम्पराको तुलनामा विवेकलाई महत्व दिदै आआफ्नो स्थानबाट अधिकार होइन दायित्व निर्वाह गरौं । एक मात्र सकारात्मक परिवर्तनको सरल सूत्र ग्रन्थलाई जीवनशैली बनाऔं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here