- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसाइला बाजे र सारङ्गी

साइला बाजे र सारङ्गी

- Advertisement -spot_img

दुखहरण यादव (विक्रम अनोखी)

कविता

साइला बाजेको ठूलो सपना थियो ।
साथ दिने स्वर र सारङ्गी थियो ।
संगीतले उनी आफ्नो दुःख पोख्थे ।
वातावरण गुन्जिन्थ्यो
फूलहरू टप–टप आँसु झार्थे ।
सुन्दर शान्त नेपाल थियो ।
शान्तिको प्रतिक भगवान थिए ।
तर
जमाना कति चाँडै बदलिएछ ।
कला संस्कृतिलाई फेसनले उडाएछ
शान्ति क्षेत्र, कुरूक्षेत्र बनेछ ।
वातावरणसँगै प्रकृति नि नास भएछ ।
उनको सारङ्गीको तार आज छिनिएछ ।
त्यसैले होला सुरिलो स्वर धोद्रो भएछ ।
सारङ्गीको ठाउँमा हार्मोनियम पो आएछ ।
कठै !
प्यारो सारङ्गी लोप भएछ ।
कठै !
प्यारो सारङ्गी लोप भएछ ।
बाँसुरी र मुरलीको सान गएछ ।
घाँटी मिच्दै ड्रमसेट पो आएछ ।
साइला बाजेको मधुर स्वर तिरस्कारिएछ ।
हल्लिदै, लड्दै पप गीत पो आएछ
त्यसैले होला बाजे ध्यान बसेछन्
मलाई एक्लै छोडी आफू स्वर्ग पसेछन् ।
गढवा, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here