- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरखै कहाँ छ न्याय ?

खै कहाँ छ न्याय ?

- Advertisement -spot_img

हिरा तम ‘हिरू’

हुन त यो संसारमा एउटाको पीडा अर्काले बुझ्ने भए किन दुखी हुन्थे होला र मान्छे । तर पनि यति त बुझ्नुपर्छ नि कि जो कोही पनि मनभरी पीडा र आँखाभरी आँसु नभएर न्याय ढोका धक्धकाउँदै उनीहरूको अगाडि हात फैलाउदैन ।
ठूलो भन्ने मान्छेहरूले कति सजिलै भन्छन् आफ्नो पीडा आफैभित्र लुकाएका कारण उसले दुःख पाएको तर जो न्याय माग्दै उनीहरूको अगाडि गई पुग्छ तब फर्काइन्छ उनीहरूलाई ओठ जवाफ र ऊभित्र बलिरहेको पीडाको आगोमा ध्यू थपेर पठाइन्छ ।
के कसैको मन, भावना र जिन्दगीसँग खेल्नु अपराध होइन ? के एउटा पवित्र नारीलाई सिन्दुरको बन्धनमा बाँधेर समाजको अगाडि उसको ईज्जत माटोमा बिलाउनु अपराध होइन ? किन खुलायाम हिँडिरहेका ति नरपिचासहरू ?
किन हँुदैन उनीहरूको लागि कानुनी व्यवस्था आज कारण कयाँै नारीहरू डिप्रेसनमा बाँचिरहेका छन् । के तिनीहरूका मनभरी सपना थिएनन् होला ? के तिनीहरूको पनि सुन्दर संसार सजाएर खुसी साटेर बाच्ने रहर थिएन होला ?
दुनियाँ चुप छ यो विषयमा सोचोस् पनि कसरी मान्छे यति व्यस्त छ उसलाई आफ्नै बारेमा समेत सोच्न फुर्सद छैन । आधुनिकताका नाममा मान्छेभित्रको मानवता हराउँदै गएको छ ।
एकले अर्काको भावनाको कदर गर्न छोडेको छ । वर्तमानका मानिसले फाइदा र घाटाका कुरालाई बढी प्राथमिकता दिन थालेका छन् मन र भावनाका कुरालाई भन्दा त्यसैले त यहाँ मानव अनुहारका दानवहरू खुलमखुला विभिन्न किसिमका अपराध गर्दै खुलायाम सम्मानित हुदै हिँडिरहेका छन् ।
साँच्चै कति अचम्मको छ है यो दुनियाँ ? अनि कति अनौठो कानुनी व्यवस्था ? जो वास्तविक पीडित हुन्छ उसले मात्रै सहनुपर्ने । अझै बढी पीडा अनि अझै बढी झेल्नुपर्ने दुःख ।
उसो त सुनेको छु महिला हिंसाविरूद्ध शून्य सहनशीलता अपनाएको छ सरकारले अनि त्यस्तै भन्दै हिँड्छन् महिला अधिकारकर्मी तर ति विचारहरूलाई के उनीहरूले भाषण दिदैमा पुरिदैनन् ।
वास्तविक पीडितका घाउहरू पीडितहरू त पीडकलाई सजाय दिन चाहन्छन् । तर खै कहाँ छ त्यो व्यवस्था ? खै कसले दिन्छ पीडकलाई सजाय ?
अनि पीडितलाई न्याय सायद यही कारण हुन सक्छ पीडित आक्रोसमा आएर पीडकको ज्यान नै लिनु अनि आफ्नो जिन्दगी बर्बाद पारी सजायको भागिदार हुनु । त्यसैले सरकार र सरोकारवाला निकायले यो कुरा समयमै बुझ्न जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here