- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरचुरे सहकारीको साधारणसभा

चुरे सहकारीको साधारणसभा

- Advertisement -spot_img

गढवा, ५ पुस । चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था गढवाको दशौं साधारणसभा शुक्रबार भएको छ । चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था गढवाका अध्यक्ष राम बहादुर बिसीको सभापतित्व तथा वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका अध्यक्ष उमाकान्त पन्तको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले २०६६ सालमा विपन्न तथा सीमान्तकृत समुदायहरूलाई सुधारिएको चुल्हो र बायोग्याँस निर्माण गर्नको लागि घुम्तीकोष प्रवाह गर्नको लागि स्थापना गरिएको यस सहकारी संस्थाले अहिलेको अवस्थामा करोड बढीको कारोबार र २ हजार ५ सयभन्दा बढी शेयर सदस्य बनाइ वनमाथिको चाप कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले वन तथा वातावरण संरक्षणमा प्रत्यक्ष तथा अप्रत्यक्ष
रूपमा सहयोग गर्दै एक दशक पार गरेकोमा शुभकामना ब्यक्त गर्दै दक्षिण देउखुरीको राजपुर र गढवा गाउँपालिका कार्यक्षेत्र भएको चुरे सहाकारीले अबको दिनमा जनताको माग र अपेक्षालाई ध्यान दिदै लगानीको मात्रालाई बढाउनुको साथै ऋण असुलीको दर बढाउनुपर्ने बताए ।
उनले सहकारीको सात सिद्धान्तलाई शेयर सदस्य, पदाधिकारी तथा सेवाग्राहीले आत्मसात् गरेर काम गर्दा कुनै पनि सहकारी असफल नहुने बताए ।
साधारणसभामा कोषाध्यक्ष हुकुमराज यादवले १ करोड ७१ लाख ३२ हजार ३ सय २९ रूपैयाँ बराबरको आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका उपाध्यक्ष हेमन्त कुमार चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव बोटबहादुर चौधरीले गरेका थिए । चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था बिपन्न तथा सीमान्तकृत तथा वनमा आश्रित परिवारलाई जीविकोपार्जनमा सहयोग पु¥याउने हेतुले घुम्तीकोष प्रवाह गरी सेवा दिइरहेको सहकारी संस्था हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here