- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचर‘नेतृत्वमा भिजन भएको व्यक्ति आउनुपर्छ’

‘नेतृत्वमा भिजन भएको व्यक्ति आउनुपर्छ’

- Advertisement -spot_img

नेपाल जेसिजको ४६औँ राष्ट्रिय महाधिवेशन रत्ननगर जेसिजको आतिथ्यतामा यही पुस ९ देखि १२ गतेसम्म हुँदैछ । उक्त महाधिवेशनले वर्ष २०२० को लागि नयाँ नेतृत्व चयन गर्दैछ । नेपाल जेसिजको वर्ष २०२० को लागि कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारीको तयारी गरिरहेका जेसि लालमणि भण्डारीसँग गरिएको कुराकानीको केही सारसंक्षेप ।


सर्वप्रथम जेसिज के हो ?
जेसिज भनेको १८ देखि ४० वर्षका युवाहरूमा भएको अन्र्तनिहीत क्षमतालाई प्रस्फुटन गरी युवाहरूको नेतृत्व, व्यक्तित्व, उद्यमशीलतामा विकास गरी एउटा समृद्ध नागरिक निर्माण गर्ने अभियान हो ।
जुन अभियानमा व्यक्तिगत विकासलाई बढी जोड दिइन्छ । जबसम्म व्यक्ति समृद्ध हुन सक्दैन तबसम्म समाजलाई समृद्ध बनाउन सम्भव छैन । अतः जेसिजले सर्वप्रथम युवाहरूलाई समृद्ध बनाई समाजमा हस्तान्तरण गर्छ । ति युवाहरूले समाजलाई सकारात्मक परिवर्तनको लागि योगदान गर्न सक्छन् ।
र, यहि प्रक्रियाबाट नै समाज परिवर्तनको शुरूवात हुन्छ । ज्ेसिजलाई एउटा विश्वविद्यालयको रूपमा पनि हेर्ने गरिन्छ । जहाँ किसिमका नेतृत्व विकास, व्यक्तित्व विकास तथा उद्यमशीलता विकासका तालिमहरूमार्फत युवाहरूलाई सक्षम बनाईन्छ ।

जेसिजले के काम गर्छ ?

मूलतः जेसिज सामाजिक संस्था होइन् । तथापि जेसिज पनि यही समाजमै रहने भएकाले सामाजिक कार्यबाट अछुतो रहन सक्दैन् । जेसिजले विशेषगरी चारवटा क्षेत्रमा काम कार्य गर्दछ । त्यसमा व्यक्तिगत क्षेत्र, व्यावसायिक क्षेत्र, अन्तर्राष्ट्रिय क्षेत्र र सामुदायिक क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।
यि क्षेत्रहरूमा जेसिजले आफ्ना सदस्यहरूमा भएको कार्यक्षमतालाई प्रस्फुटन गर्नको निम्ती समाजमा विभिन्न किसिमका कार्यहरू पनि गर्ने गर्छ ।
विशेषगरी जेसिजले सामुदायिक क्षेत्रअन्तर्गत संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकासको लक्ष्य प्राप्तीको लागि अन्तर्राष्ट्रिय जेसिज पनि साझेदार रहेकोले विशेषगरी ति लक्ष्य प्राप्तीका लागि जेसिजले समुदायमा कार्य गरिरहेको छ । अन्य क्षेत्रका कार्यहरू पनि जेसिजले निरन्तर रूपमा गर्दै आईरहेको छ ।

कहिले प्रवेश गर्नुभयो ?

करिव एक दशकदेखि जेसिजमा आवद्ध छु । शुरूमा जेसीजको सदस्यबाट शुरू गरेको मैले धेरै पटक विभिन्न क्षेत्रमा नेतृत्व गर्ने अवसर पाएको छु ।
जेसिजमा खेलकुद संयोजक, हुँदै २०१५ मा उपाध्यक्ष, २०१६ मा महासचिव, २०१७ मा कोषाध्यक्ष, २०१८ मा शाखा अध्यक्ष, २०१९ मा राष्ट्रिय उपायक्ष जिम्मेवारी सम्हालेको छु । अब भने २०२० मा कार्यकारिणी उपाध्यक्षको उम्मेदवारीको तयारी छ ।

जेसिजमा प्रवेश किन गर्नुभयो ?

जेसिज भनेको व्यक्तित्व, नेतृत्व र उद्यमशिलता विकास गर्ने एउटा उपयुक्त थलोको रूपमा जेसिजलाई मैले बुझेको थिए र प्रवेश गरे । मेरो उद्देश्य भनेको आफूमा व्यक्तित्व विकाससँगै सामाजिक उत्रदायित्व वहन गर्दै समाजमा सकारात्मक परिवर्तनको लागि योगदान गर्न लायक व्यक्ति वन्ने बनाउने हो ।

तपाईको योगदान के छ ?

करिव एक दशकदेखि म जेसिजमा आवद्ध छु । शाखामा विभिन्न कालखण्डमा विभिन्न पदमा रहेर आफनो नेतृत्व प्रदान गरिसकेको छु । त्रिभुवन नगर जेसिजमा कार्यरत हुँदा विभिन्न किसिमका योगदानहरू संस्थाभित्र र सामाजिक रूपमा पनि विभिन्न योगदान गर्दै आईरहेको छु ।
जस्तै त्रिभुवननगर जेसिजको सचिवालय भवन निर्माणदेखि लिएर शाखामा विभिन्न कार्यक्रमहरू मार्फत सदस्यहरूको नेतृत्व तथा व्यक्तित्व क्षमतामा बृद्धि गर्नेलगायत समाजमा पनि विभिन्न कार्यक्रमहरू मार्फत योगदान गरेका अवगत नै छ । सन् २०१८ मा नेतृत्व गर्ने अवसर पाएको थिए ।
सोही समयमा दाङको समग्र पर्यटकीय क्षेत्रलाई टेवा पुग्ने किसिमले पूर्व नारायणीदेखि पश्चिम नेपालको सम्पूर्ण जेसिजहरूको सम्मेलन (क्षेत्र घ) सम्मेलन आतिथ्यता गर्ने अवसर पाएको थियो ।
त्यसैगरी घोराही उपमहानगरपालिकाको वडा नं. १३ स्थित मौलाकोटलाई जेसिज ग्रामको रूपमा उद्घाटन ग¥यो । समग्र खेलकुदप्रेमी युवाहरूलाई उत्प्रेरित गर्नुका साथै दाङ जिल्लालाई राष्ट्रियस्तरमै चिनाउने हिसाबले राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि सम्पन्न गरेका थियाँै । यी लगायत थुप्रै योगदानहरू मेरो कार्यकालमा सम्पूर्ण साथीहरूको साथमा सम्पन्न भएका थिए ।

जेसिज हुने खानेहरूको लागि मात्र हो भन्छन् नि ?

त्यस्तो होइन् । हुने खानेको मात्रै संस्था नभएर जेसिज आम मानिसहरूको संस्था हो । त्यसमा पनि १८ देखि ४० वर्षको युवाहरूको अन्तर्राष्ट्रियस्तरको संस्था हो ।
यसमा प्रवेश गर्नका निम्ती अथवा सदस्यता लिनको लागि १८ वर्ष पुगेको नेपालको हकमा नेपाली नागरिकता भएको व्यक्तिले जेसिजका विधान तह प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । त्रिभुवननगर जेसिजको हकमा रू १५०० वार्षिक रूपमा सदस्यता शुल्क बुझाउनुपर्ने हुन्छ ।
जेसिजमा कुनै जात धर्म, लिंग, वर्ण र आर्थिक स्थितिको कुनै भेदभाव हुँदैन् । अतः वार्षिक १५०० रूपैयाँ मात्र संस्थालाई बुझाउनुपर्ने हुन्छ ।
यसमा प्रवेश गरिसकेपछि विभिन्न उद्यमशीलता विकास गरी आफूलाई आर्थिक रूपमा समृद्ध बनाउने अवसर प्रसस्त भेटिन्छन् । अर्थात् धनीहरूको संस्था नभई धनी बनाउने संस्था भन्न मिल्छ ।

निर्वाचन तयारी के छ ?

रत्ननगर जेसिजको आतिथ्यतामा यही पुस ९ देखि १२ गतेसम्म नेपाल जेसिजको ४६आँै राष्ट्रिय महाधिवेशन सम्पन्न हँुदैछ । उक्त महाधिवेशनले वर्ष २०२० को लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
नेपाल जेसिजको कार्यसमितिमा कुल १७ जनाको निर्वाचन प्रक्रियामार्फत निर्वाचित गरिन्छ । जसमध्ये उपाध्यक्ष १२ जना कार्यकारिणी उपाध्यक्ष चारजना र अध्यक्ष एकजनाको लागि निर्वाचन हुँदैछ । मेरो उम्मेदवारी नेपाल जेसिजको वर्ष २०२० को लागि कार्यकारिणी उपाध्यक्षमा छ । म त्यसैको तयारीमा छु ।

कार्यकारिणी उपाध्यक्षका एजेण्डा के–के छन् ?

जेसिजको आस्था, लक्ष्य र ध्येयमा आफूलाई समर्पित गर्दै जेसिज अभियानमा योगदान गर्ने मेरो मुख्य एजेण्डा हो । हाम्रो आस्थामा उल्लेखित बन्धुत्वको भावना आर्थिक न्याय,
व्यावसायिक स्वतन्त्रता, विधिको शासन र मानवताको सेवामा सदैव समर्पित हुने र जेसिजको भिजन अनुसार विश्वव्यापी रूपमा नेतृत्व प्रदान गर्न योग्य व्यक्ति निर्माण गर्ने र जेसिजको मिसनअनुसार युवाहरूलाई बढी भन्दा बढी विकासका अवसरहरू प्रदान गरी समाजलाई सकारात्मक परिवर्तनका लागि योगदान गर्न योग्य नागरिक निर्माण गर्नु हामी जेसिजहरूको साझा एजेण्डा हो ।

अन्त्यमा केही भन्नु छ ?

आगामी पुस ९ देखि १२ गतेसम्म रत्ननगर जेसिजको आतिथ्यतामा हुन गईरहेको ४६औँ राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण जेसिजलगायत शुभचिन्तकहरूलाई आमन्त्रण गर्दै उक्त महाधिवेशनमा सम्पूर्ण जेसिज मित्रहरूलाई यहाँहरूको मन र मतले सहयोग गरी विजय गराउन अनुरोध गर्दछु । जय जेसिज ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here