- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरपत्रकार महासंघको स्थापना दिवस

पत्रकार महासंघको स्थापना दिवस

- Advertisement -spot_img

सन्दर्भः नेपाल पत्रकार महासंघ दाङ शाखाको २७औं स्थापना दिवस

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २७औं स्थापना दिवस मनाउन थालेको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान तथा सरसफाई,
जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट खेल, सञ्चारकर्मीका लागि निःशुल्क आँखा स्वास्थ शिविर र पुरस्कार तथा सम्मान वितरण समारोह राखेको छ । पौष १ गतेदेखि ४ गतेसम्म गरिने यस किसिमका कार्यक्रम घोराही, तुलसीपुर र लमहीमा समेत हुन लागेको छ ।
दाङ जिल्लामा २०३३ सालदेखि युगवोध पत्रिका प्रकाशनमा आए पनि त्यसबेला जिल्लामा अहिले जस्तो पत्रिकाको संख्या र रेडियो थिएन । तर पनि काठमाडाँैबाट प्रकाशन हुने पत्रिकाहरूमा दाङका पत्रकारहरूले काम गर्न थालेका थिए । २०४६ सालपछि मुलुकमा पत्रकारिताको क्षेत्रमा विकास हुन थाल्यो ।
पत्रकारहरूको संख्या बढ्दै जाँदा २०४९ पौष १ गते जिल्लामा पत्रकारहरूको भेला भयो । त्यही भेलाबाट पौष ४ गते विधिवत रूपमा नेपाल पत्रकार महासंघ दाङ शाखाको गठन भएको हो । अहिले दाङ जिल्लामा नेपाल पत्रकार महासंघ दाङ शाखामा तीन सयको हाराहारीमा पत्रकार महासघंका सदस्यहरू रहेका छन् ।
पत्रकार भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस–क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता,
निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादकजस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ ।
विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, सम्वद्र्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत,
मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हितका लागि सबै सञ्चारमाध्यम र पत्रकारलाई लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ को दफा ७ को खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकारहरूको लागि आचारसंहिता २०७३ जारी गरेको छ ।
पत्रकार र सञ्चारमाध्यमले आफ्नो कर्तव्य पालना गर्नुपर्दछ । पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्वद्र्धनका निम्ति सदैव सत्यतथ्य सूचना प्रवाह गर्नुपर्दछ ।
पत्रकार तथा सञ्चारमाध्यमले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र र लिखतहरूले प्रत्याभूत गरेका अधिकार, सिद्धान्त र मान्यताहरूको सम्मान गर्दै लोकतन्त्र,
न्याय, समानता, स्वतन्त्रता, समावेशीता, मानवीयता, शान्ति तथा अन्तर्राष्ट्रिय समझदारी र मित्र राष्ट्रहरूबीच भाइचाराको संरक्षण तथा सम्वद्र्धन गर्नुपर्दछ । पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि सदैव सक्रिय एवं समर्पित रहनुपर्दछ ।
पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ । पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको संकलन र सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्दछ । पत्रकार तथा सञ्चारमाध्यमले पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक,
श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नुपर्दछ । सामाजिक दायित्वः पत्रकार तथा सञ्चारमाध्यमले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय,
अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पु¥याउने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ ।
समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहीत हुन्छ । सम्पादकीय स्वतन्त्रताको यही सर्वमान्य सिद्धान्तबमोजिम सञ्चारमाध्यम र पत्रकारले कुनै प्रकारको दवाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना संकलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन–प्रसारण गर्नुपर्दछ ।
सम्पादकीय स्वतन्त्रताको सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापकले समाचार संकलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ ।
सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ भई सत्यतथ्य समाचार र सन्तुलित विचार सम्प्रेषण गर्नुपर्दछ ।
पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी प्रचलित विश्वव्यापी मान्यता अनुसार समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नुपर्दछ ।
पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याति, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ ।

दाङ जिल्लामा २०३३ सालदेखि युगवोध पत्रिका प्रकाशनमा आए पनि त्यसबेला जिल्लामा अहिले जस्तो पत्रिकाको संख्या र रेडियो थिएन । तर पनि काठमाडाँैबाट प्रकाशन हुने पत्रिकाहरूमा दाङका पत्रकारहरूले काम गर्न थालेका थिए । २०४६ सालपछि मुलुकमा पत्रकारिताको क्षेत्रमा विकास हुन थाल्यो ।
पत्रकारहरूको संख्या बढ्दै जाँदा २०४९ पौष १ गते जिल्लामा पत्रकारहरूको भेला भयो । त्यही भेलाबाट पौष ४ गते विधिवत रूपमा नेपाल पत्रकार महासंघ दाङ शाखाको गठन भएको हो । अहिले दाङ जिल्लामा नेपाल पत्रकार महासंघ दाङ शाखामा तीन सयको हाराहारीमा पत्रकार महासघंका सदस्यहरू रहेका छन् ।


समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।

भ्रमण तथा लेखनवृत्तिमा पारदर्शिता

पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रायोजित भ्रमण तथा लेखनवृत्ति ग्रहण गरी तयार पारिएका सामग्रीको प्रायोजन वा वृत्ति लिइएको बारेमा सोही सामग्रीमा स्पष्ट खुल्ने गरी प्रकाशन वा प्रसारण गर्नुपर्दछ ।

राष्ट्रिय विपद्मा संयम

पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा सूचना सकलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ ।

अन्तर्वार्तामा सजगता

पत्रकारले अन्तर्वार्ता दिने व्यक्तिलाई निजका भनाइहरू कुन सन्दर्भ, माध्यम र प्रयोजनका निम्ति प्रयोग गरिनेछ भन्ने विषयको पूर्व जानकारी दिएर अन्तर्वार्ता लिनुपर्दछ ।

अनलाइन सञ्चारमाध्यमको जिम्मेवारी

अनलाइन सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन, प्रसारण वा बाह्य लिंकहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने हुन्छ र प्रकाशित वा प्रसारित भएका सामग्री अनलाइनमा रहिरहने व्यवस्था गर्नुपर्दछ । समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा सार्वजनिक सरोकार र संवेदनशीलतालाई सदैव ख्याल गर्नुपर्दछ ।
त्यस्ता सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु, त्रुटि एवं गल्ती भएको जानकारी हुनासाथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रसारित सामग्री असत्य हो भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नुपर्दछ । पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामहरू पनि छन् ।

सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने

पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताविरूद्ध एवं विभिन्न जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरूत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक तथा मानसिक अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
पत्रकार तथा सञ्चारमाध्यमले त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पु¥याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादा प्रतिकूल कार्य गर्नुहुँदैन । पत्रकार परिचयपत्र वा प्रेस प्रतिनिधि प्रमाणपत्र वा सञ्चारमाध्यमको अनुमतिपत्रलाई व्यक्तिगत स्वार्थ वा अवाञ्छित काममा प्रयोग गर्नुहुँदैन ।

हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने

पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
पत्रकार तथा सञ्चारमाध्यमले यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा मानवताविरोधी अपराधबाट प्रभावित व्यक्ति वा पीडित व्यक्तिलाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
त्यस्तो अवस्थामा प्रभावित व्यक्तिको सचेत स्वीकृति विना र प्रभावको मूल्यांकन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुलाउनुहुँदैन ।
कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजिकका व्यक्तिको नाम असान्दर्भिक रूपमा जोडी कसैको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी कुनै पनि सामग्री प्रस्तुत गर्नुहुँदैन ।
यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा सन्दर्भमा प्रभावितको सचेत स्वीकृति र प्रभावको मूल्यांकन विना नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्विर र दृश्य उत्पादन, वितरण वा प्रकाशन, प्रसारण गर्नुहुँदैन ।

विभत्स दृश्य र तस्विर प्रकाशन वा प्रसारण

पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र विभत्स दृश्य एवं तस्वीरहरू सम्प्रेषण गर्नुहुँदैन ।
पत्रकार तथा सञ्चारमाध्यमले कुनै टिप्पणी वा स्पष्टताविना तस्विर, भिडियो दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने वा असान्दर्भिक हुने गरी सामग्री प्रकाशन वा प्रसारण गर्नुहुँदैन ।
पत्रकार तथा सञ्चारमाध्यमले साजसज्जाका क्रममा वास्तविकताभन्दा अलग देखिने गरी नक्कली वा बनावटी किसिमले अलग–अलग फोटोहरू मिलाउन, छाँटकाँट वा तोडमोड गर्नहुँदैन । मोडलिङ वा अभिनय वा रेखाचित्र वा कोलाज गरेर कुनै फोटो वा दृश्य तयार गरिएको खण्डमा पाठक, दर्शक वा श्रोता नझुक्किने गरी सो कुरा स्पष्ट उल्लेख गर्नुपर्दछ ।
पत्रकार तथा सञ्चारमाध्यमले विज्ञापनलाई समाचार, लेख वा अन्य कुनै सम्पादकीय सामग्रीको रूपमा र समाचारलाई विज्ञापनको रूपमा प्रस्तुत गर्नुहुँदैन ।
अनलाइन सञ्चारमाध्यमले सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एकपटक प्रकाशित सामग्री प्रकाशनपश्चात् हटाउन हुँदैन ।
तर असावधानीवश पोष्ट हुन गएका गम्भीर क्षति पु¥याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्दछ ।
प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनुहुँदैन । सम्प्रेषण भएका टिप्पणी वा प्रतिक्रियाको जिम्मेवारी सम्बन्धित अनलाइन सञ्चारमाध्यमको हुनेछ ।
पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामग्री संकलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दवाब वा प्रलोभनमा पर्नुहुँदैन ।
पत्रकार तथा सञ्चारमाध्यमले प्रायोजकबाट प्रभावित भै समाचार सामग्री सम्प्रेषण गर्नुहुँदैन । पत्रकार तथा सञ्चारमाध्यमले समाचार स्रोतसँग पेशागत मर्यादा विपरीत सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहीत स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरूपयोग गर्नुहुँदैन ।

न्याय निरूपणमा प्रभाव

पत्रकार तथा सञ्चारमाध्यमले न्यायीक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाई प्रक्रिया वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्नुहुँदैन ।

पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण

पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन ।
पत्रकार तथा सञ्चारमाध्यमले अशक्त, असहाय तथा अन्य अल्पसंख्यक समुदायका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउनु हुँदैन ।
महिला तथा ज्येष्ठ नागरिकका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउनु हुँदैन । अपाङ्गता भएका व्यक्तिका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउन र होच्याउनु हुँदैन ।
बालबालिकालाई तत्कालीन र दीर्घकालीन हानी हुने गरी समाचार संकलन तथा सम्प्रेषण गर्नुहुँदैन ।
कानून विपरीत कार्य वा बाल बिझ्याईँमा संलग्न बालबालिका सम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्त विपरीत गोपनीयता खोल्नु हुँदैन ।
अपराधिक गतिविधिमा संलग्न बाबुआमा वा परिवारका सदस्यहरूको समाचार दिदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछ्नु हुँदैन ।
सोह्र वर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तर्वार्ता वा तस्विर अभिभावक, संरक्षक वा परिवारको अनुमतिविना लिनु हुँदैन । व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नुहुँदैन ।
यी माथिका सबै पत्रकारहरूका लागि के गर्न पर्दछ र के गर्न हुँदैन भने कुरा प्रेस काउन्सिलले जारी गरेको आचारसंहिता हो । यी सबै आचारसंहिता पत्रकारिता गर्ने हामी सबैले लागु गरेका छौँ या छैनौँ ?
यो सबैले मनन् गर्ने कुरा हो । पछिल्लो समय सञ्चार संस्थाहरू राजनीतिबाट अछुतो रहन नसक्नु र पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महसंघमा पनि राजनीतिक भागबण्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुन सकेको छैन ।
तर पनि सञ्चार संस्थाका केही कमीकमजोरीका बाबजुद नेपाल पत्रकार महासंघले सधै प्रेस र अभिब्यक्ति स्वतन्त्रता पेशागत हकहितका सवालमा नेपाली सञ्चारकर्मीहरूको साझा सर्वोच्च छाता संगठनको रूपमा काम गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here