- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरबाह्रकुने दहबाट पर्यटन वर्ष शुभारम्भ

बाह्रकुने दहबाट पर्यटन वर्ष शुभारम्भ

- Advertisement -spot_img

तुलसीपुर, ४ पुस । दाङमा पर्यटन वर्ष सन् २०२० को उद्घाटन घोराही–१३ को बाह्रकुने दहबाट हुने भएको छ । पर्यटकीय दृष्टिकोणले बढी पर्यटक भित्रिने बाह्रकुनेबाट पर्यटन वर्षको शुरूवात गरिने भएको हो ।
जनवरी १ अर्थात् पुस १६ गते पर्यटन वर्षको शुभारम्भ बाह्रकुने दहबाट हुन लागेको जिल्ला पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष जितेन्द्रमान नेपालीले जानकारी दिए । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेपछि दाङमा पनि कार्यक्रमलाई सफल बनाउन भव्य तयारी भइरहेको उनको भनाइ छ ।
पर्यटकीय हिसावले दाङ सम्पन्न जिल्ला रहेको भन्दै जिल्लाका पर्यटकीय प्रचारप्रसारका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनले बताए ।
दक्षिण एसियाकै दोस्रो ठूलो उपत्यका दाङमा संस्कृति, संस्कारले पनि धनी रहेकोले पर्यटनको सम्भावना प्रशस्त रहेको छ । जिल्लामा पर्यटन प्रवद्र्धन समितिले पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन तयारी थालेका उनले बताए ।
यसैबीच जिल्ला पर्यटन प्रवद्र्धन समितिले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
समितिले नेपालमा प्रायजसो भारतबाट पर्यटक भित्रिने हुँदा नाकामा स्वागत सम्मानको कार्यक्रम पनि गरिने जनाएको छ । यस्तै यातायात व्यवसायी, होटल व्यवसायीलगायतलाई पर्यटक रमाउने वातावरण निर्माण गर्न पनि समितिले आग्रह गरेको छ ।
समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समिति सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेलले जिल्लामा पर्यटन वर्षलाई सफल बनाउन भइरहेको प्रयासका बारेमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा समितिका सदस्य केबि मसाल, सविन प्रियासन, पत्रकार सुशील बस्नेतलगायतले जिल्लामा पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचनादेखि प्रचारप्रसारलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए । पत्रकार सम्मेलनको सहजीकरण इन्द्र डिसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here