- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरआँखा उपचार सेवालाई सहज बनाउने प्रतिवद्धता

आँखा उपचार सेवालाई सहज बनाउने प्रतिवद्धता

- Advertisement -spot_img

तुलसीपुर, ३ पुस । नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले आँखा उपचार सेवालाई सहज र सुलभ गराउँदै लैजाने बताएका छन् ।
नेपाल नेत्रज्योति संघ दाङद्वारा सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको आयोजनामा बिहीबार आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
नवनिर्वाचित भएका अध्यक्ष पन्तले विगतदेखि नै नेपाल नेत्रज्योति संघले नेपालमा अन्धोपन निवारणका लागि आँखा अस्पताल र उपचार केन्द्रहरू स्थापना गरेर अन्धोपन न्यूनीकरणका लागि विभिन्न सेवा दिएको भन्दै अझैपनि धेरै व्यक्तिहरू उपचार सेवाबाट वञ्चित भएको बताए ।
उनले अब जनतालाई सहज आँखा उपचार सेवा दिनका लागि स्थानीय निकायहरूसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने बताए । ‘हामीले संघको माध्यमबाट विभिन्न दातृ निकायहरूको सहयोगबाट आँखा उपचार सेवा पु¥याएका छौँ अब त्यसलाई थप प्रभावकारी गराउँदै स्थानीय सरकारसँग साझेदारी कार्यक्रम सञ्चालन गरी गाउँघरमै सेवा दिनेछौँ उनले भने ।
उनले सामान्य आँखाको उपचार सेवा लिन पनि अस्पतालसम्म आउनुपर्ने बाध्यता अत्यका लागि गाउँपालिका स्थानीय निकायमै सेवा प्रवाह गर्ने बताए । उनले दाङका नेपाल नेत्रज्योति संघले तीनवटा आँखा अस्पताल र उपचार केन्द्रहरू सञ्चालन गरी अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद समेत दिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोख्रेलले नेपालमा आँखा उपचार सेवा प्रभावकारी भएको भन्दै यसलाई थप प्रभावकारी गराउने बताए । उनले स्वास्थ्य क्षेत्रअन्तर्गत आँखा झनै संवेदनशील अंग भएको भन्दै जिम्मेवार भएर गुणस्तरी सेवा दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा दाङका सभापति कृष्णकुमार गिरीले संघद्वारा सञ्चालन भएका तीनवटा आँखा अस्पतालहरूले साविकको राप्ती तथा अन्य छिमेकी जिल्ला र छिमेकी भारतका नागरिकहरूलाईसमेत सेवा पु¥याएको बताए ।
उनले आफूहरूले कुनै पनि व्यक्ति आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट वञ्चित नहोस् भनेर आफूहरूले स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए ।
‘हामीहरूले पहिलो पटक स्थानीय सरकारसँगको साझेदारीमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरेका छौं, त्यससँगसँगै भौतिक विकासका लागि पनि सहयोग मागेका छौँ’ उनले भने । उनले यहाँ सञ्चालन भएका अस्पताललाई सुविधा सम्पन गराउन लागेको बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवि रिजालले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका नि. चिफ मेडिकल डाइरेक्टर नेत्र विशेषज्ञ डा.सन्तोष सुवेदीले अस्पतालले हालसम्म दिएका सेवाहरू आवश्यक जनशक्तिलगायतका बारेमा प्रकाश पारेका थिए ।
त्यस्तै उनले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए । छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पतालको समग्र गतिविधिको बारेमा जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here