- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरपत्रकारहरूको आँखा जाँच

पत्रकारहरूको आँखा जाँच

- Advertisement -spot_img

तुलसीपुर, ४ पुस । बिहीबार जिल्लामा क्रियाशील पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल पत्रकार महांसघको २७औँ स्थापना दिवसको अवसरमा लामो समयदेखि सञ्चारमाध्यममा क्रियाशील रहेका पत्रकारहरूको आँखा चेकजाँच गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङको आयोजना एवं नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा घोराही र तुलसीपुरका करिव ३२ जना पत्रकारहरूको आँखा चेकजाँच गरिएको हो ।
चेकजाँच गराएका मध्ये अधिकांश पत्रकारहरूको आँखामा समस्या देखिएको छ । चेकजाँचका क्रममा केही पत्रकारहरूको आँखा सुख्खा र केहीलाई चश्मा लगाउनुपर्ने समस्या देखिएको बरिष्ठ नेत्र सहायक शालिकराम गौतमले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा सञ्चालन भएको उक्त शिविरमा बोल्दै पत्रकारहरूले ब्यस्त जीवन विताउने पत्रकारहरूलाई यो कार्यक्रमले लाभान्वित बनाएको बताए ।
यस्तै अध्यक्ष प्रियासनले महासंघको स्थापना दिवसका अवसरमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमअन्तर्गत आँखा चेकजाँच कार्यक्रमले सम्पूर्ण पत्रकारहरूको समयको बचत र स्वास्थ्यमा सुधार हुने अपेक्षा लिएको बताए  ।
कार्यक्रममा राप्ती आँखा अस्पतालका बरिष्ठ नेत्र सहायक शालिकराम गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद सुशील बस्नेत र नारायणी रजौरले लगायतले आँखा सबैभन्दा संवेदनशील भएकाले समय–समयमा यसरी नै स्वास्थ्य चेकजाँचका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा धन्यवाद ज्ञापन महासंघ सहसचिव शर्मिला डिसीले गरेकी थिईन् भने कार्यक्रमको सहजीकरण सहसचिव गोकर्ण पौडेलले गरेका थिए । महासंघले स्थापना दिवसको अवसर गत पुस १ देखि ३ गते बिहीबारसम्म घोराही, लमही र तुलसीपुरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो । यस्तै आज ४ गते शुक्रबार घोराहीमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here