- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरखानेपानी सरसफाई समिति गठन

खानेपानी सरसफाई समिति गठन

- Advertisement -spot_img

घोराही, ४ पुस । घोराहीमा नगरस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समिति गठन गरिएको छ । प्रदेश सरकारले तय गरेको कार्यविधिअनुसार नगर प्रमुख नरूलाल चौधरीको अध्यक्षतामा खानेपानी, सरसफाई तथा स्वच्छता समिति गठन गरिएको हो ।
समितिको सदस्यमा उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत, १९ वटै वडाका अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू, खानेपानी उपभोक्ता समितिबाट एकजना, सरसफाईको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका एकजना प्रतिनिधि सदस्यमा रहने व्यवस्था गरिएको छ ।
समितिमा खानेपानी सरसफाई स्वच्छता समन्वय शाखाका प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ । नगर प्रमुख नरूलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी संयोजक रहेको खानेपानी तथा सरसफाई स्वच्छता कार्यदल गठन गरेको छ ।
समितिको सदस्यहरूमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, नगरस्तरीय खानेपानी महासंघका अध्यक्ष कुलप्रसाद रजौरे, दाङ जिल्ला उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघ, सरसफाईको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार गोविन्द खड्का, हुमा डिसी र सदस्य सचिवमा सरसफाई व्यवस्थापन शाखा प्रमुख प्रेम केसी रहेका छन् ।
नगरलाई तीन वर्षभित्र पूर्ण सरसफाईसँगै सबैको घरमा पानीको धारा पु¥याउने प्रदेश सरकारको सोंचलाई पूरा गर्ने गरी अब काम हुने भएको छ । जसका लागि सबै वडामा खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गठन भैसकेको छ । अबको दुई महिनाभित्र नगरभरीका घरहरूमा पुगेर गणकहरूले खानेपानी र सरसफाईको वस्तुगत अवस्था संकलन गर्ने भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here