- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयनिसानामा बालिका

निसानामा बालिका

- Advertisement -spot_img

जिल्लामा भएका मानवअधिकार उल्लंघनका घटनाहरू समावेश गरेको पुस्तकका विषयमा दाङमा पूर्व जानकारी र समीक्षा भयो । इन्सेकले हरेक वर्ष सार्वजनिक गर्ने वर्ष पुस्तकमा समेटिने घटनाहरूको अवस्था हेर्दा जिल्ला मानवअधिकार उल्लंघनमा बढी देखिएको छ ।
स–साना घटनादेखि जघन्य घटनाहरू समेतको अवस्था सार्वजनिक पनि भयो । सार्वजनिक भएको तथ्यांकहरूलाई केलाउँदा जिल्लाको मानवअधिकार कहाँ छ भन्ने खोज्ने अवस्था पनि देखियो ।
त्यसमा अझ जघन्य अपराधहरूको विषयले त सबैलाई अचम्मसमेत पार्ने खालको देखियो । यो अवस्थालाई न्यूनीकरण गर्न राज्यले कानुनी दायरा बढाउने र आम नागरिकमा सचेतना बढाउने देखाएको छ ।
त्यसमा पनि अझ बालिकाहरूको बलात्कार त्यो पनि आफन्तहरूबाटैको अवस्था त झनै दर्दनाक छ । यो अवस्था आउनुलाई गम्भीर रूपमा हेरिनुपर्छ ।
दाङमा बलात्कारका घटना बर्षेनी बढिरहेका छन् । दाङका एक वर्षको अवधिमा ६९ जना बलात्कृत भएका छन् । यसमा ४२ जना बालिकाहरूमा बलात्कार भएको तथ्यांक सार्वजनिक हुनुले पनि यो संख्या बढिरहेको प्रष्ट पार्छ । त्यसमा केही आफन्त (घरकै अभिभावक) बाट बालिका बलात्कारको सिकार हुनु गम्भीर विषय हो ।
५० प्रतिसत आफन्त र चिने जानेकाबाट बलात्कृत भएको देखाइएको छ । जिल्लामा पछिल्लो समय बलात्कारका घटनाहरू बढिरहेका छन् । बलात्कारका घटना बढिरहदा आफन्तबाटै अहिले छोरी चेली बचाउन चुतौती देखिएको छ ।
बालिकाहरू वुबा, हजुरवुबा, दाजु, अंकल, छिमेकी, शिक्षक, आफन्तबाट असुरक्षित हुनुले छोरीहरू कोसँग सुरक्षित हुन्छन् भन्ने प्रश्नसमेत उब्जिनु समाज र परिवारका लागि पनि चुनौती छ । ४२ घटना बालिकासँग जोडिएका छन् ।
४२ जनामा ५ जना हाडनाता र २० जनाभन्दा बढी आफन्त तथा छिमेकीबाट करणीको प्रयास हुनुले मावता हराउँदै गएको देखाउँछ । यो अवस्था आउन नदिन सबै सजक र सचेत बनौं र अपराध घटाउने अभियानमा लागौं ।
अपराध मानिसबाट नै हुन्छ । मानिसले आफूलाई संयमित बनाउन सकेमा अपराध स्वतः घट्ने छ । आफैले आफैलाई सुधार्न सकेमा र परिवारमा पनि त्यो वातावरण बनाउन सकेमा समाजलाई सही दिशा दिन सकिन्छ ।
अझ यसलाई सजक गराउन कानुनी राज्यको निर्माण हुनुपर्छ । कानुन बनाएर मात्रै भन्दा पनि त्यसको कार्यान्वयन गर्नसके र कानुन कडा बनाउनसके यस्ता घटनाहरूमा अवश्य कमी आउने छन् ।
कानुनको पालना र कार्यान्वयन गर्ने निकाय नै कानुनको उपहासमा लागेमा राज्यलाई नीति र विधिमा लैजान गाह्रो हुन्छ । पीडितले न्याय पाउनुपर्छ भने पीडकलाई कानुनी कडघरामा उभ्याउनुपर्छ । कडाभन्दा कडा कारवाही गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here