- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरबालिका जोगाउनै गाह्रो

बालिका जोगाउनै गाह्रो

- Advertisement -spot_img

बढ्दै मानवअधिकार उल्लंघनका घटना …
घोराही, ३ पुस । पाँच वर्षीया बालिकालाई २०७५ माघ १६ गते घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विकले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १६ गते नै प्रहरीमा उजुरी दिए ।
फकाइ फुल्याई खोलामा लगेर बलात्कार गरेको प्रहरीले बतायो । रक्तश्राव भएपछि पीडित बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा माघ १७ गते उपचार तथा स्वास्थ्य परिक्षण भयो ।
प्रहरीले आरोपितलाई माघ १६ गते नै गिरफ्तार गरी जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएकोमा जिल्ला अदालतले २०७६ बैशाख २७ गते दोषी ठहर गर्दै १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ति उपलव्ध गराउने फैसला ग¥यो ।
त्यसैगरी ११ वर्षीया बालिकालाई २०७५ फागुन १३ गते घोराही उपमहानगरपालिका–१८ का ३१ वर्षीय सुनिल थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । मादकपदार्थ सेवन गरी गएका थापाले बिहान ३ बजे बलात्कार गरेको पीडितले बताइन् ।
बालिकाको फागुन १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण भयो । प्रहरीले आरोपित थापालाई फागुन १३ गते नै गिरफ्तार गरी जबरजस्तीकरणी सम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले २०७५ चैत ६ गते पुर्पक्षमा पठाएकोमा यो वर्षको अन्त्यसम्म फैसला भएको छैन ।
दाङमा बलात्कारका घटना बढ्दै गएका छन् । विशेषगरी बलात्कारका घटनामा बालिका जोगाउनै चुनौती देखिएको छ । बालिकाहरू बुवा, हजुरबुवा, दाजु, अंकल, छिमेकी अंकलबाट बलात्कृत हुने गरेका तथ्यांकहरू सार्वजनिक भएका छन् । एक वर्षको अवधिमा ६९ वटा बलात्कार/बलात्कार प्रयासका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले सार्वजनिक ग¥यो ।
त्यसमध्ये ४२ वटा बालिका बलात्कारमा परेको ईन्सेक दाङका जिल्ला प्रतिनिधि जेएन सागरले बताए । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० दाङको वार्षिक प्रतिवेदनको लागि संकलित घटनाहरूको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि बलात्कार, बलात्कार प्रयासको घटनाबाट ७९जना पीडित भएको बताए ।
गत वर्षको तुलनामा यो वर्ष मानवअधिकार उल्लंघनको घटना बढेको ईन्सेक दाङले जानएको छ । गत वर्ष दाङमा १ सय ५१ वटा मानवअधिकार उल्लंघनका घटनाहरू सार्वजनिक गरिएको थियो ।
यो वर्ष २ सय ५० वटा मानवअधिकार उल्लंघन भएका घटनाहरू सार्वजनिक गरिएको छ । मानवअधिकार उल्लंघनका घटनाहरू सार्वजनिक गर्दै ईन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले तीनवटाको भु्रण हत्या, दुईवटा आत्महत्या दुरूत्साहन, चारवटा उपचारमा लापरवाही, एउटा हत्या प्रयासको घटना सार्वजनिक गरेका थिए ।
त्यसैगरी तीनवटा वेवारिसे शव, एउटा जातिय विभेद, तीनवटा आगजनी, २२ वटा अपहेलना, तीनवटा अपहरण, एउटा ज्याला ठगी, २२ वटा आस्थाका बन्दीका घटना सार्वजनिक गरेका थिए ।
कार्यक्रममा चारवटा मानव बेचविखन तथा ओसारपसार, तीनवटा कथित बोक्सी आरोप, १५ वटा बन्द, हड्ताल, तालाबन्दी, ५३ वटा कुटपिट, एउटा नागरिक बेपत्ता, एउटा बम विस्फोट, एउटा बहुविवाह, आठवटा दुव्र्यवहार, एउटा घर निकाला र अन्य तीनवटा मानवअधिकारी उल्लंघनका घटना गरी २ सय २४ वटा घटना सार्वजनिक गरेका थिए ।
ति घटनाबाट २ सय ५० जना पीडित भएको जानकारी गराइएको थियो । यी घटनाहरू सार्वजनिक भईरहदा यहाँका सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका थिए ।
छलफलमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्थले मानवअधिकार उल्लंघनका घटनाहरू बढ्दै गएकोप्रति सबै संवेदनशील हुन अनुरोध गरेका थिए । सम्बन्धित घटनाका उजुरी बढ्दै गएको मानवअधिकार उल्लंघनलाई सुक्ष्मरूपमा अनुसन्धान गर्न सुझाव दिएका थिए ।
जिल्ला कारागार घोराहीका प्रमुख विष्णु पाण्डेले घोराहीमा क्षमताभन्दा कैदीको संख्या बढी रहेको जानकारी गराए । ७० जना कैदीको लागि मात्र क्षमता भएको कारागारमा तीन सय बढी कैदीहरू रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देवेन्द्र कुमार मल्लले प्रहरीमा परेका जुनसुकै मानवअधिकार उल्लंघनका घटनाहरू संवेदनशीलको रूपमा हेरेको बताएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले कानुन कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवालाहरूलाई अनुरोध गरे । कुनैपनि घटनाहरूको उजुरी परिसकेपछि सुक्ष्मरूपले अनुसन्धान गरेर कडाईका रूपमा लैजानुपर्ने बताए ।
मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, नेकपाका सदस्य विवेक श्रेष्ठ, नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, महिला मानवअधिकार रक्षक सञ्जालकी सचिव लक्ष्मी आचार्यलगायतले विचार राखेका थिए ।
ईन्सेकका विनोद केसीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला प्रतिनिधि जेएन सागरले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here