- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeखेलकुदएन प्याब्सनको बृहत खेलकुद

एन प्याब्सनको बृहत खेलकुद

- Advertisement -spot_img

तुलसीपुर, ३ पुस । दाङको तुलसीपुरमा बुधबारदेखि विद्यालयस्तरीय बृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ । नेसनल प्याब्सन दाङको आयोजनामा जिल्लास्तरीय बृहत् दोस्रो खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको प्रदेश नम्बर ५ का सार्वजनिक लेखासमिति सभापति डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन् । एन प्याब्सनले विगतदेखि आफूले गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य चौधरीले प्याब्सनले आयोजना गरेको खेलकुद प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘खेलाडी उत्पादनका लागि यस्ता खेलकुदको आयोजना समय–समयमा भई राख्नुपर्छ’ उनले भने– ‘प्रतियोगितालाई नयाँ खेलाडी उत्पादन गर्ने अपेक्षा गर्न सकिन्छ ।’ नेपाल चिनाउने गरी खेलाडीहरु उत्पादन गरांै खेलकुदमा ध्यान दिऊ’ उनले भने, ‘यस्ता प्रतियोगिताले यसको महत्व झल्काउँछन् ।’
उनले खेलाडीको उच्च मनोबल राख्नका लागि सरकारले खेलकुद र खेलाडीका लागि लगानी गरिरहेको बताउँदै जिल्लामा खेलकुदको भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीलाई खेलकुदको विकाससँगै गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए ।
उनले विद्यार्थीलाई खेलकुदको विकाससँगै गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । ‘खेलकुदको विकाससँगै विद्यार्थीको शैक्षिक गुणस्तरमा जोड दिनुस्’ उनले भने– ‘शिक्षासँगै खेलकुदको पनि विकास गरौँ ।’
उनले निजी क्षेत्र अघि नबढ्दासम्म राज्यको विकास नहुने बताए । नआउँदासम्म देशको विकास नहुने भन्दै शिक्षा निजी विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले निजी विद्यालय पनि विपन्नको पहुँचमा हुनुपर्ने बताए ।
‘निजी विद्यालयमा पनि गरिब तथा विपन्न बालबालिकाले पढ्ने वातावरण निर्माण गर्नुपर्छ’ उनले भने– ‘शिक्षामा समानतामा कायम गरौँ ।’
कार्यक्रममा एन प्याब्सनका महासचिव सुवास न्यौपानेले खेलकुदले मानसिक, बौद्धिक, शारीरिक विकास हुने बताए । उनले नेपालमा खेलकुदको सम्भावना बढ्दै गएको भन्दै विद्यालयले अतिरिक्त खेलकुद समय–समयमा गर्न आवश्यक रहेको बताए ।
नेसनल प्याब्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षतामा कार्यक्रममा भएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका खेलकुद समितिका संयोजक अमर नेपाली माइकलले स्वर्ण पदक जित्ने खेलाडीलाई उपमहानगरपालिकाले सम्मान गर्ने प्रतिवद्धता गरे ।
उनले खेलकुदको विकासका लागि उपमहानगरपालिकाले एक वडा एक खेलकुद मैदानको नीति लिएको बताउँदै एक विद्यालय तथा एक खेलकुद शिक्षक आवश्यक रहेको बताए । रिपोर्टर्स क्लवका प्रदेश संयोजक शरद रेग्मीले खेलकुद संरचना निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए ।
बरिष्ठ उपाध्यक्ष विमल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य प्रकाश शर्मालगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव ठाकुर डाँगीले गरेका थिए ।
प्रतियोगितामा नेसनल प्याब्सन दाङ अन्तर्गतका २२ विद्यालय सहभागी भएका छन् । बुधबारदेखि तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, फुटसल, एथलेटिकस, भलिबलका खेलहरु हुनेछन् ।
बुधबार भएको फुटसल प्रतियोगितामा राप्ती बाल एकाडेमी, सम्राट इङ्लिस बोर्डिङ स्कुल र जनप्रिय इङ्लिस बोर्डिङ स्कुल बिजयी भएका छन् । आज एथ्लेटिक्सका खेलहरु बेलझुण्डी रंगशालामा हुने खेल संयोजक तथा एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष गौतमले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here