- Advertisement -spot_img
Saturday, June 19, 2021
Homeफिचरबालविवाह न्यूनीकरण अभियान चलाउँदै छत्रेश्वरी

बालविवाह न्यूनीकरण अभियान चलाउँदै छत्रेश्वरी

- Advertisement -spot_img

सल्यान, ३ पुस । सल्यानको छत्रेश्वरी गाउँपलिकाले बालविवाह न्यूनीकरणको अभियान सञ्चालन गरेको छ । छत्रेश्वरी गाउँपालिको आयोजना र जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा गाउँपालिकाभित्र हुने बालविवाहलाई पूर्णरूपमा हटाउनको लागिको अभियान सुरू गरेको हो ।
कार्यक्रममा चेतनाको अभाव, सही सूचनाको अभाव, यातायात साधनको सीमितता, किशोरीका लागि सुरक्षाको अभाव तथा सामाजिक बहिष्कार जस्ता पक्षहरूले गर्दा बालविवाह बारेमा चर्चा गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले सल्यान जिल्लामा बालविवाहको अवस्था, बालविवाह न्यूनीकरणसम्बन्धी भईरहेका पहलबारे गाउँपालिका सबै वडाका जनप्रतिनिधि, गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रअ लगायत सम्पूर्ण सरोकार निकायलाई बालविवाह कसरी रोक्न सकिन्छ र बालविवाहसम्बन्धी बनेको नयाँ कानुनमा के छ ? भन्ने बारेमा प्रष्ट पारेका थिए ।
बहुक्षेत्रगत विधि अबलम्वन गरी बालविवाहको जोखिममा रहेका बालबालिकाको संरक्षण र निजहरूको चेतना अभिबृद्धिका लागि गाउँपालिकाले सामाजिक प्रणाली सुदृढ गर्नेछ,
लैंगीक हिंसा र दुव्र्यवहारको जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षणका लागि बालबालिकालगायत समग्र समाजको उत्थानमा वृद्धि गर्नेछ र बालविवाह अन्त्यका लागि गाउँपालिकाले मात्रै नभई समग्र सबैको चासो र सहयोग रहनु पर्ने कुरामा जोड दिएको थियो ।
जिल्ला समन्वय समिति सल्यानको प्रमुख केश बहादुर विष्टले विगतका बर्षमा बालविवाह उल्लेखीय रूपमा धेरै हुने गरेको अवस्थामा हाल आएर सल्यान जिल्लाको बालविवाह केही घटेको र जिल्ला बालविवाह न्यूनीकरणको लागि गाउँपालिकाले गरेको यो प्रयास राम्रो भएको गाउँ–गाउँमा बालविवाह न्यूनीकरणको सचेतना फैलाउन, शिक्षा, स्वास्थ्य दिगो विकासका परिपूरक भएकोले गाउँपालिकाले यस्ता कुरालाई सशक्तरूपमा अगाडि बढाउन आग्रह गरे ।
नेपालमा २०६८ मा गरिएको जनगणना अनुसार विवाहित जनसंख्याको तथ्यांकले १० देखि १९ वर्षभित्र विवाह गर्नेको संख्या जम्मा विवाहित जनसंख्याको ४८.९५ (महिलाको संख्या ५८.२ र पुरूषको संख्या ३७ ) देखाएको विषयमा पनि छलफल गर्दै अहिले समग्रमा गाउँपालिकाले चालेका यी पहललाई प्रभावकारी गर्नको लागि सबैको सहयोग रहनुपर्ने औंल्याएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिका सुरू गरेको यो अभियानलाई सहयोग गर्न आग्रह गर्दै गाउँपालिकामा हाल देखिएका पुरानो परम्परा,
आधुनिक प्रविधिको दुरूपयोग र अशिक्षाका कारण बालविवाह बढ्ने जिकिर गर्दै अबको केही बर्षमा बालविवाहको डरलाग्दो स्थिति न्यूनीकरणका लागि बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने गरी अभियान शुरू गरेको केसीले बताए ।
बालविवाहको उन्मूलन आवश्यक छ । बालविवाहले बालबालिका र समुदायमा नकारात्मक असर गर्दछ । बालविवाह अन्त्यको निम्ति शुरू गरिएको यस अभियान अन्त्यको लागि सबैको साथ पाउनेमा गाउँपालिका आशावादी रहेको बताए ।
यस्तै गाउँपालिकाले महत्वपूर्ण सम्पर्क नम्बरहरू र चेतनामूलक सन्देशहरू राखेकोे स्टिकर पनि सार्वजनिक गरेको छ । आकस्मिक रूपमा रहेका प्रहरी प्रशासन, स्वास्थ्यलगायतका क्षेत्रमा सेवा लिनुपरेमा नागरिकहरूलाई सहज बनाउने उद्देश्यले सबै घर–घर स्टिकर टाँस गरिने गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष सन्तोष केसी, सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले स्टिकर सार्वजनिक गरेसँगै छत्रेश्वरी गाउँपालिकाको कार्यालय र स्थानीयको घर–घरमा पुगि स्टिकर टाँसेर अभियानको थालनी गरेका थिए ।
गाउँपालिकाले तयार पारेको स्टिकरमा सामाजिक सद्भाव, शान्ति सुव्यवस्था कायम गर्न, विभिन्न प्रकारका अपराधहरू निरूत्साहित तथा न्यूनीकरण गर्नको लागि स्टिकर टाँस्ने अभियानले सहयोग पु¥याउने बताए ।
उक्त स्टिकरमा आत्महत्या गर्नु पाप हो, बालविवाह दण्डनीय अपराध हो, बाल मजदुरी हटाऔं, सभ्य शान्त समाजमा सहभागी बनौं जस्ता मूल नाराहरू रहेका छन् भने यसमा प्रहरीको सम्पर्क नम्बर, एम्बुलेन्सको नम्बर,
गाउँपालिकाको नम्बर लगायतका कुराहरू समावेश गरी तयार पारेको छ । यसअघि गाउँपालिकाबाट सबै प्रहरी चौकीहरू र एम्बुलेन्स चालकहरूलाई नम्बर परिवर्तन नहुने गरी मोबाईल र सिमकार्ड वितरण गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here