- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबर८० लाखमा पानी ट्यांकी

८० लाखमा पानी ट्यांकी

- Advertisement -spot_img

तुलसीपुर, ३ पुस । खानेपानीको दीर्घकालिन समस्या समधानका लागि तुलसीपुर–१० राइखलियानमा हवाई ट्यांकी निर्माण हुने भएको छ । नयाँ गाउँ र राइखलियानमा माग अनुसारको खानेपानीको सहजतका लागि ट्यांकी निर्माण निर्माण हुन लागेको हो ।
नयाँ गाउँ राइखलियान खानेपानी उपभोक्ता समितिको बुधबार बसेको बैठकले पशुपति आधारभूत विद्यालयको हाताभित्र ६० फिट अग्लो हवाई ट्यांकी निर्माण गर्ने निर्णय गरेको अध्यक्ष सन्तोषकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसारका खानेपानीको ट्यांकी निर्माणसँगै नयाँ गाउँ र राइखलियानका करिब ७ सय घरधुरी लाभाम्वित हुने भएका छन् । प्रदेश नम्बर ५ को सरकारबाट प्राप्त ८० लाखको लागतमा ट्यांकी निर्माण हुन लागको हो ।
खानेपानीको अभावलाई दीर्घकालिन रूपमा समाधानका लागि दुई गाउँलाई पुग्ने ट्यांकी निर्माण गर्न लागिएको हो । राइखलियानमा डिपबोरिङबाट निकालिएको पानी हवाई ट्यांकीमार्फत स्थानीयको घर–घरमा वितरण गरिने छ ।
समितिका अध्यक्ष आचार्यको अध्यक्षता तथा वडा अध्यक्ष कुमार लामिछानेको विशेष उपस्थितिमा बैठक बसेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here