- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरधितालको बिदाइ

धितालको बिदाइ

- Advertisement -spot_img

तुलसीपुर, ३ पुस । रेडियो हाम्रो पहुँचले बुधबार एक कर्मचारीलाई बिदाइ गरेको छ । हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हाम्रो पहुँचले दीपा धिताललाई बिदाइ गरेको हो ।
रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलको अध्यक्षतामा भएको बिदाइ कार्यक्रम भएको हो । कार्यक्रममा रेडियो कर्मचारी दिपा धिताललाई संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले टिका लगाएर बिदाई गरेका हुन् ।
अध्यक्ष भण्डारीले बिदाई भई जान लागेकी धिताललाई आजसम्म रेडियोमा गरेको योगदान प्रशंसनीय भएको बताए । उनले हाम्रो पहुँचमा रहेर सिकेको कला र ज्ञानलाई आगामी दिनमा जहाँ रहेपनि कुशलतापूर्वक निर्वाह गर्नसक्ने बताए ।
त्यस्तै संस्थाका कार्यकारी प्रमुख जनक भण्डारीले बिदाइ भएर जान लागेकी धितालले संस्थामा गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै स्टेशन म्यानेजर पौडेलले रेडियोबाट धितालले धेरै कुरा सिकेर इमान्दारपूर्वक काम गरेको बताए । सहकर्मी धितालले आफ्नो १० बर्षे यात्रा रेडियोमा बिताएको भन्दै आफू बिदाइ भएर जहाँ गएपनि संस्थाप्रति माया र साथ सधै खड्किने बताए । त्यसअवसरमा उनले संस्थाबाट आफूले पाएको माया सम्मान नै आफ्नो जीवनको मुख्य उपलब्धि भएको बताइन् ।
कार्यक्रममा हाम्रो पहुँच विद्यालयका सहायक प्रधानाध्यापक शिव पुन, सहकारी र रेडियोका सम्पूर्ण कर्मचारीहरुले टिका र खादा लगाई बिदाइ गरेका थिए ।
रेडियोका प्रमुख प्राबिधिक प्रेमबिबश घर्तिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियोका समाचार प्रमुख जितसागर जिएमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here