- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलमहीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता

लमहीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता

- Advertisement -spot_img

लमही, ३ पुस । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङको २७औँ स्थापना दिवसको अवसरमा देउखुरीको लमहीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार पत्रकार र जनप्रतिनिधिबीच क्रिकेट प्रतियोगिता भएको छ ।
१५ ओभर खेलाइएको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको पत्रकारको टोलीले जनप्रतिनिधिलाई ३ ओभर बाँकी छदै ६ विकेटले जित हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको जनप्रतिनिधिबीच १४ ओभरको समाप्तिमा आफ्नो सबै बिकेट गुमाएर ८२ रन जोडेको थियो । जनप्रतिनिधिको टोलीबाट ब्याटिङ गर्दै भानु पन्तले २ चौकाको मद्दतले सर्वाधिक २५ रनको योगदान गरे ।
त्यसैगरी जनप्रतिनिधि टोलीको नेतृत्व गर्दै गढवा गाउँपालिका वडा नम्बर ८ वा वडा अध्यक्ष सद्दाम सिद्दिकीले २ छक्का प्रहार गर्दै १७ रन, परशुराम चौधरी १० रन, नारायण जिसी ८ रन र उत्तम बिष्टले ७ रन जोड्दै पत्रकार टोलीलाई ८२ रनको बिजयी लक्ष्य दिएका थिए ।
जनप्रतिनिधिहरुलाई ८२ रनमा रोक्नका लागि पत्रकार शिवराज खनालले सर्वाधिक ४ विकेट लिएका थिए । त्यसैगरी दशरथ घिमिरे, शिवु खनाल समान २/२ विकेट र अमृत तामाङ र प्रियास्मृति गजमेरले समान १/१ विकेट लिएका थिए । जनप्रतिनिधि टोलीका सद्दाम सिद्दिकीलाई पत्रकार शिवराज खनालले १७ रनमा समेटेका थिए ।
८३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको पत्रकारको टोलीले आक्रामक ब्याटिङ गर्दै ५ ओभरको समाप्तिमा ३२ रन जोड्दा पहिलो विकेटको रुपमा ५ रनको ब्यक्तिगत स्कोरमा खेलिरहेको दशरथ घिमिरेलाई गुमाउँदा निराश भएको थियो ।
तर मध्यक्रमका ब्याट्सम्यान कौशल अधिकारीले ब्यक्तिगत १४ रन र अमृत तामाङले १ छक्का र ६ चौकाको मद्दतले ५६ रन जोड्दा पत्रकार टोलीले खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो ।
पत्रकारको टोली अमृत तामाङ ५६ र दुखहरण यादव २ रन सहित नटआउट खेलेका थिए । जनप्रतिनिधि टोलीको तर्फबाट उत्तम विष्टले सर्वाधिक ४ विकेट लिएका थिए ।
प्रतियोगिता अवधिभर राहुल सहानी र सुरज खानलले एम्पाएरको भूमिका निर्वाह गरेका थिए भने पत्रकार टोलीको नेतृत्व पत्रकार ओमप्रकाश बस्याल र जनप्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सद्दाम सिद्दिकीले गरेका थिए ।
प्रतियोगितामा ह्याट्रिक सहित सर्वाधिक ४ विकेट र ८ रन जोडे बापत पत्रकार शिवराज खनाललाई म्यान अफ द म्याच घोषित गरिएको थियो । जनप्रतिनिधि र पत्रकारबीच भएको प्रतियोगितालाई गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष प्रकाश भण्डारीले सहयोग गरेका थिए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनको अध्यक्षता तथा प्रदेश नं ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको खेल उद्घाटन कार्यक्रममा लमही नगरपलिकाका कार्यबाहक नगर प्रमुख बिम बहादुर केसी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दशरथ घिमिरेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here