- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयछात्रामैत्री विद्यालय

छात्रामैत्री विद्यालय

- Advertisement -spot_img

विद्यालय विद्यार्थीमैत्री हुनुपर्छ । पछिल्लो समय विद्यार्थीमैत्री विद्यालयहरु नभएको गुनासो आइरहेका बेला, केही विद्यालयहरुका मैत्रीपूर्ण भएका अभ्यासहरुले मैत्रीको वातावरण निर्माण गरेका छन् ।
सिकाइमैत्रीको नारा दिदै केही वर्षदेखि विभिन्न निजीस्तरमा मन्टेश्वरी निजी विद्यालयहरु स्थापना भइरहेका छन् । भन्नुपर्दा मन्टेश्वरीको फेसनै जस्तो भएको छ । त्यो भित्रको सेवा सुविधा र मैत्रीपन कस्तो छ ? भन्ने सार्वजनिक अझै भइरहेको छैन । अपेक्षा गरौं सिकाइमैत्री भनेर स्थापना भएका विद्यालयहरुमैत्री नै होलान् ।
अहिले सामुदायिक विद्यालयहरु पनि विद्यार्थी केन्द्रित देखिएका छन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरु विद्यार्थीमैत्री बन्दै जाँदा विद्यार्थीहरुलाई पनि विद्यालयमा धेरै सहजता भएको सार्वजनिक भएको । यो सकारात्मक प्रभाव हो । त्यसमा पनि छात्राहरुका लागि विद्यालय घर जस्तो बन्न थालेको छ ।
छात्राहरुमा हुने महिनावारी (रजस्वला)को समयमा विद्यँलय प्रवेश र अध्ययन असहज नै देखिन्छ । त्यसलाई सहजता बनाउन सबैको भूमिका पनि आवश्यक पर्छ । महत्वपूर्ण भूमिका विद्यालयको पनि हुन्छ ।
विद्यालयमा सहज वातावरण भइदिएन भने रजस्वला भएका छात्राहरुलाई पढाइमा समस्या हुन्छ नै । त्यसलाई सहज गराउन पनि आवश्यक नै हुन्छ । महिनावारीकै कारण विद्यालयले छोड्ने अवस्था आउन नदिन विद्यालयहरुमा भएका प्रयासहरु सकारात्मक छन् ।
पछिल्लो समय सामुदायिक विद्यालयहरुमा प्याडको व्यवस्था हुँदा छात्राहरुलाई धेरै नै सहज देखिएको छ । यसलाई निरन्तरता दिनुपर्छ । महिनावारीको समयमा छात्राहरुलाई हुने असहजतालाई मध्यनजर गर्दै प्रत्येक विद्यालयहरुमा सेनेटरी प्याड उपलव्ध गराईनुले राम्रो अभियानको सुरुवात पनि भएको छ ।
यो सिकाइ सबै विद्यालयहरुमा पुग्नसके अझ प्रभावकारी हुनेछ । विद्यालयमा प्याड उपलव्ध हुन थालेपछि छात्राहरुले विद्यालयको समयमै कक्षा छोडेर जाने समस्या समाधान हुनु नै विद्यालयमैत्रीको एउटा आधार हो । यो आधारलाई सुधार गरेर लैजानुपर्छ ।
मैत्री वातावरणले मात्रै विद्यार्थीलाई विद्यालयमा नियमित बनाउँछ । त्यो नियमितताका लागि पनि विद्यालयहरु विद्यार्थीमैत्री हुनुपर्छ । विद्यालयले छात्राहरुका लागि प्याडको व्यवस्था गरिदिएसँगै सबै क्षेत्र मैत्री बनाएर सबै विद्यार्थीको आकर्षण विद्यालय बनाउन आवश्यक छ ।
केही दिनका लागि सहज बनाउने मैत्री वातावरण गर्ने पछि त्यसलाई निरन्तरता दिन नसक्नु राम्रो हुँदैन । यसर्थ त्यसलाई पनि बुझेर अभियान चलाउन र सार्थक बनाउनतर्फ विद्यालय, स्थानीय सरकार, अभिभावक, विद्यार्थी लाग्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here