- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसेनेटरी प्याडले सहजता

सेनेटरी प्याडले सहजता

- Advertisement -spot_img

दाङ, २ पुस । पछिल्लो समय सामुदायिक विद्यालयहरूमा प्याडको प्रयोग प्रभावकारी बन्दै जान थालेको छ । महिनावारीको समयमा छात्राहरूलाई हुने असहजतालाई मध्यनजर गर्दै प्रत्येक विद्यालयहरूमा सेनेटरी प्याड उपलव्ध गराईएको छ । जसका कारण छात्राहरूलाई पढाइमा सहजता ल्याउन थालेको छ ।
विद्यालयमा प्याड उपलव्ध हुन थालेपछि छात्राहरूले विद्यालयको समयमै कक्षा छोडरे जाने समस्या समाधान भएको छ भने पठनपाठनमा समेत सुधार हुँदै गएको छ ।
गुरूजजुर नमुना माविका कक्षा १० मा अध्ययनरत दिया शर्माले महिनावारी हुँदा आधा समयमै विद्यालय छोड्नुपर्ने अवस्था हटेर गएको बताइन् ।
विद्यालयले छात्राहरूका लागि प्याडको व्यवस्था गरिदिएसँगै आफू र आफ्ना साथीहरू महिनावारीको समयमा समेत नियमित विद्यालय जाने गरेको उनी बताउँछिन् । छात्रामैत्री शौचालय र प्याडको उपलब्धता भएपछि अहिले विद्यालय जान आउन कुनै समस्या नभएको उनको भनाई छ ।
यसैगरी जिल्ला बाल सञ्जाल दाङकी सचिव ईशा वलीले पछिल्लो समय सामुदायिक विद्यालयहरूमा प्याडको प्रयोग बढ्दै जान थालेको बताईन् । उनले विगतको तुलनामा भन्दा अहिले करिब ९० प्रतिशत किशोरीहरूले महिनावारीको समयमा विद्यालयमा उपलव्ध गराइएको प्याड प्रयोग गर्दै आएको जानकारी दिइन् ।

प्याड माग्नका लागि विद्यार्थीहरूको सहयोग माग्ने शिक्षिकाहरूसमेत अहिले कुनै लाज नमानेर प्याड प्रयोग गर्ने, विद्यार्थीहरुलाई आवश्यक छ की छैन भनेर बुझ्ने गर्नुहुन्छ ।’


‘पहिलेको अवस्थालाई हेर्ने हो भने त अहिले एकदमै राम्रो सुधार भएको छ’ उनले भनिन्– ‘सबै किशोरीहरूले कुनै लाज नमानेर शिक्षकहरूसँग प्याड मागेर प्रयोग गर्ने गरेको पाइएको छ ।’
सुरूवातका समयमा शिक्षिकाहरू समेत प्याड प्रयोग गर्न हिच्कीचाउने गरेको बताउँदै उनले भनिन्– ‘प्याड माग्नका लागि विद्यार्थीहरूको सहयोग माग्ने शिक्षिकाहरूसमेत अहिले कुनै लाज नमानेर प्याड प्रयोग गर्ने, विद्यार्थीहरूलाई आवश्यक छ की छैन भनेर बुझ्ने गर्नुहुन्छ ।’
जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरूको सर्वेक्षणमा निजीसरह सामुदायिक विद्यालयमा समेत उल्लेख्य सुधार आएको उनले बताईन् ।
दंगीशरण गाउँपालिका वडा नं. ६ मा रहेको मावि श्रीगाउँका प्रधानाध्यापक हर्क बहादुर बुढाथोकीले विद्यालयमा सेनेटरी प्याडको उपलब्धता भएसँगै छात्राहरू नियमित विद्यालय आउन थालेको बताए ।
विद्यालयमा गठन भएको जुनियर रेडक्रस सोसाईटी र विद्यालयको श्रोतबाट संकलन गरिएको रकमले सेनेटरी प्याड खरिद गरी छात्राहरूलाई विगत तीन वर्षदेखि निरन्तर प्रदान गर्दै आएको उनले बताए ।

दंगीशरण गाउँपालिकाको पृथ्वी जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सेनेटरी प्याड बनाउन सिक्दै । 
‘सुरूमा त प्रयोग नै नभएर त्यसै खेर जाने अवस्था पनि आएको हो’ उनले भने– ‘पछि विभिन्न संघसंस्थाले प्याडको प्रयोग, यसको महत्व र आवश्यकता बारेमा तालिम दिएपछि अहिले सबै छात्राहरूले प्याड प्रयोग गर्ने गरेका छन् ।’
तालिम प्राप्त गरेसँगै छात्राहरूले आफूहरूका लागि आवश्यक पर्ने प्याड विद्यालयमै बनाउने गरेको भएपनि यसको प्रयोग बढ्दै जान थालेपछि अहिले बजारबाटै खरिद गरेर ल्याउने गरेको उनले बताए ।
उनका अनुसार प्रयोग गरिएका प्याडहरूलाई व्यवस्थापन गर्ने सामाग्रीहरूसमेत विद्यालयमा उपलब्ध छ । उनका अनुसार प्याडको महत्व र आवश्यकता बुझ्दै जान थालेपछि प्रयोग गर्नेहरूको संख्यासमेत बढ्दै गएको छ भने विद्यालयको पठनपाठनमा समेत सुधार हुँदै गएको छ ।
सरकारले प्रत्येक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्ने भनेपनि त्यो सबै निर्णयमा मात्रै सीमित रहेको विद्यार्थी तथा शिक्षकहरूको गुनासो छ । निरन्तर रूपमा प्रयोगमा आउने यस्ता सामग्रीहरूको व्यवस्थापनमा सरकारले समयमै ध्यान दिनुपर्ने उनीहरूले बताए ।
यसरी प्रत्येक विद्यालयहरूमा सेनेटरी प्याड र यसको व्यस्थापन गर्न सक्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा समेत उल्लेख्य सुधार हुने उनीहरू बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here