- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeप्रदेशपाकिस्तानका पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय

- Advertisement -spot_img

लाहोर, २ पुस । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदण्डको सजाय सुनाइएको छ । मंगलबार लाहोर उच्च अदालते मुर्सरफलाई देशद्रोहीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । मुर्सरफ अहिले पाकिस्तानमा छैनन् । उनी युएईको दुबईमा उपचार गराइरहेका छन् । केही दिन पहिला दुबईबाटै उनले एक भिडियो सार्वजनिक गरेका थिए ।
उनले भिडियोमार्फत आफ्नो बिग्रिएको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । भिडियोमार्फत उनले जाँच आयोगसँग आफ्नो स्वास्थ्य अवस्था बुझ्न आग्रह गरेका थिए । संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दाको बारेमा बोल्दै उनले भनेका थिए, ‘यो मुद्दा मेरो विचारमा पूर्णरूपमा निराधार छ ।
देशद्रोहको कुरा छोडौं, मैले यो देशको धेरै सेवा गरेको छु । युद्ध लडेको छु र १० वर्षसम्म देशको सेवा गरेको छु ।’ गम्भीर देशद्रोहको मुद्दाको बारेमा सुनुवाई गरिरहेको विशेष अदालतले २८ नोभेम्बरमा परवेजलाई आफ्नो बयान पेश गर्न ५ डिसेम्बरसम्मको अन्तिम सीमा तोकेको थियो ।
उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइए थियो । यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो ।

को हुन मुसर्रफ ?

परवेज मुसर्रफ पाकिस्तानका पूर्वसैन्य शासक हुन् । भारतको नयाँदिल्लीमा जन्मेका मुसर्रफ कराँची र इस्तानबुलमा हुर्केका थिए । उनी पाकिस्तानका १०औं राष्ट्रपति हुन् । २००१ मा संयुक्त चिफका अध्यक्ष र सेना प्रमुखको पदमा रहँदा उनी सैन्य सरकारको प्रमुख बने ।
उनले पहिलो युद्ध भूमिको अनुभव दोस्रो कश्मीर युद्धमा खेमकरन क्षेत्रका लागि तीव्र लडाईमा एक तोपखाना रेजिमेन्टसँग गरेका थिए । द्वन्द्वका क्रममा उनले लाहोर र सियालकोट युद्ध क्षेत्रमा समेत भाग लिए ।
युद्धका क्रममा उनले गोलाबारीअन्तर्गत आफ्नो प्रतिष्ठा विकास गरेका थिए । वीरताका लागि उनले इम्तियाजी सनक पदकसमेत प्राप्त गरेका छन् ।
तर आफूमाथि लागेको महाअभियोगबाट बच्नका लागि २००१ मा उनले संयुक्त प्रमुखको अध्यक्षको पद त्यागेका हुन् । सन् २०१३ को चुनावमा जीत हासिलपश्चात् पाकिस्तान मुस्लिम लीग (नवाज) सरकारमा आई सरकार आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुसर्रफको विरूद्धमा संविधानको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।
उनलाई सन् २०१४ मार्च ३१ मा देशद्रोहको अभियोग लगाइ अभियोजनकर्ताहरूले सोही वर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए ।
परवेज मुसर्रफमाथि आरोप लागेपछि उनी एकपटक मात्र न्यायालय समक्ष हाजिर भएका थिए । त्यसपछि उनी आजसम्म अदालतमा हाजिर हुन पुगेका छैनन् ।
पूर्वसैनिक प्रमुखसमेत रहेका पूर्व राष्ट्रपतिमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानुनी रूपमा निलम्बन गरी संकटकाल लागू गरेको आरोप लगाइएको थियो ।
पाकिस्तानको इतिहासमा मुसर्रफ पहिलो त्यस्तो व्यक्ति हुन, जसमाथि संविधानको अवहेलना गरेकोमा मुद्दा दर्ता भयो । सन् २०१६, मार्च १८ मा उपचारका लागि मुसर्रफ दुबई गएपछि उक्त मुद्दामाथि सुनुवाई रोकिएको थियो ।
कम्मरको दुखाईबाट छुट्कारा पाउन उनी दुबई उपचारमा गएका थिए । उपचारपछि पुनः पाकिस्तान फर्केर आफूविरूद्ध लागेको मुद्दाको सामना गर्ने उनले बताएका थिए ।
मार्च २०१६ मा विशेष न्यायालयले केन्द्र सरकारसँग लिखित स्पष्टिकरण मागेको थियो । न्यायालायको अनुमतिविना विदेश गएका मुसर्रफमाथि आपत्ति जनाउँदै लिखित जवाफको माग गरिएको हो ।
मंगलबार उच्च अदालतले मुर्सरफलाई मृत्युदण्डको सजाय सुनाएको छ । सरकारले मुसर्रफ विरूद्ध विशेष अदालतको फैसलाको विस्तृत समीक्षा गर्ने भएको छ ।
‘हामी आजको फैसला र हिजोको विस्तारका साथ फैसला गर्नेछौँ । कानुनी विज्ञहरूको सबै कानुनी र राजनीतिक पक्षमा साथै राष्ट्रिय हितमा पार्ने असरको विश्लेषण गर्नेछन् ।
यसपछि मात्र सरकारको बयान हुनेछ’ सूचना तथा प्रसारणसम्बन्धी प्रधानमन्त्रीका विशेष सहायक फिरदौस आशीक अवानले भने । मंगलबार नै सरकारले मुसर्रफलाई मृत्युदण्ड सुनाउने विशेष अदालतको निर्णयको विस्तृत रूपमा समीक्षा गर्ने बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here