- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरबसमा दाङ घुम्न जाऔं स्टिकर

बसमा दाङ घुम्न जाऔं स्टिकर

- Advertisement -spot_img

घोराही, २ पुस । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन र दाङका सम्पदाहरूको प्रचार प्रसारका लागि दाङमा बस व्यवसायीहरूले पहल थालेका छन् । त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले दाङका पर्यटकीय सम्पदासहितको पोष्टर बनाएर बसहरूमा टाँस्न सुरू गरेको छ ।
दाङ घुम्न जाऔँ भन्ने अभियानको मंगलबार घोराहीबाट शुभारम्भ गरिएको छ । प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको विशिष्ठ आतिथ्यतामा बसपार्कमा कार्यक्रम गरी दाङका सम्पदाहरूको प्रचारको अभियान सुरूवात गरिएको हो ।
दाङका प्राकृतिक, साँस्कृतिक, कृत्रिम पर्यटकीय स्थलहरूसहितको पोष्टर बनाएर प्रत्येक बसमा टाँसिएको छ । सरकारले थालेको भ्रमण वर्ष सन् २०२० लाई सफल पार्नका लागि दाङका सम्पदा र पर्यटकीय क्षेत्रहरूको प्रचार गर्न बस व्यवसायीहरूले पहल थालेका हुन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले पर्यटन नै समृृद्धिको आधार भएको भन्दै दाङमा पर्यटक ल्याउन सुन्दर दाङ बनाउन आवश्यक रहेको बताए ।
दाङमा भएका पर्यटकीय क्षेत्रहरूको पहिचानपछि त्यसका आधारहरू होटल, सुरक्षा, यातायात, बोली व्यवहारलाई पर्यटनमैत्री बनाउनुपर्नेमा जोड दिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पर्यटकलाई स्वागत गर्ने र सेवा राम्रो दिनेमा यातायात क्षेत्र पनि अग्रस्थानमा रहने बताए ।
यातायात व्यवसायीले थालेको अभियानले दाङलाई चिनाउन र पर्यटकहरू भित्र्याउन ठूलो भूमिका खेल्ने उल्लेख गरे । प्रालिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगीको स्वागत मन्तव्यबाट सुरूभएको कार्यक्रमको सहजीकरण प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here